Logo

विकास र सुशासनको लक्ष्य पूरा हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, २१ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्यमा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो ।

“समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले लामो अभ्यासपछि आएको गणतन्त्र के होला भनेर नआत्तिन आग्रह गर्नुभयो । पछिल्ला सात महीनामा सरकारले महत्वपूर्ण काम गरेको जिकिर गर्नुहँदै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताउनुभयो । आएका चुनौतीलाई समाधान गर्दै जाने भनाइ उहाँको थियो ।

लोकतन्त्र आउँदैमा सबै चिज पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठीक ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । बलिदानबाट ल्याएको लोकतन्त्रलाई जनताप्रति इमान्दार भएर प्रयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शक्तिसँग टेर्दिन, सत्यसँग लड्दिन ।” पछिल्लो सात महीनाको बीचमा मौलिक हक कार्यान्वयनका कानून निर्माण भएको, विभिन्न संशोधनका काम भएका छन् र सातै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्नुपर्ने काम भएका छन्, भन्दै उहाँले असहज अवस्थाबाट अहिले अर्थतन्त्र तङ्ग्रिन थालेको बताउनुभयो ।

अहिले देश सङ्लिएर राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल र सुखि नेपाली’लाई मूर्तता दिन अघि बढेको दाबी उहाँको छ । कसैले मानवताविरुद्धको अपराध गर्छ भने दोषीलाई उन्मुक्ति नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसप्रति कसैले खेल्न कोशिश नगरे हुन्छ ।” सुशासन सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैले सुन्नेगरी भन्दछु, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।”

उहाँले ‘अवतरण’ पुस्तकको केन्द्रीय विषय हिजोको माओवादी आन्दोलन, त्यसको अवतरण, हिजोको एमाले र माओवादी केन्द्रपछिको एकता र नेकपाको गन्तव्यमा केन्द्रित रहेकाले यसले केही खतरा र केही सम्भावना देखाएको उल्लेख गर्नुभयो । सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।” हिजोको विचार सङ्घर्ष, राजनीति सङ्घर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र सङ्घर्षसँग सम्बन्धित रहेकोे टिप्पणी गर्नुभयो । अध्यक्ष दाहालले स्व गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गर्नुभयो । आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै दाहालले भन्नुभयो, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।”

उहाँले कम्युनिष्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय हो भन्नुभयो । सङ्घर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उहाँले स्मरण गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गर्नुभयो । अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको जिकिर गर्नुभयो । उहाँले कर्मचारीलेभन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गर्नुभयो । टिप्पणीकार प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले ‘अवतरण’ पुस्तकले सार्वजनिक नभएका धेरै कुरा समेटेको भन्दै द्वन्द्व, रुपान्तरण र एकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार