२०८१, १० बैशाख सोमबार

नमोबुद्ध नगरपालिकाको बजेट ५० करोड २० लाख

नमोबुद्ध नगरपालिकाको बजेट ५० करोड २० लाख


लामो प्रजातान्त्रिक आन्दोलनको प्रयास स्वरुप प्राप्त गणतन्त्रात्मक लोकतन्त्रलाई संस्थागत गर्ने आधार नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार र अवसरको प्रयोग गर्दै चालु नगर सभाबाट मिति २०७५।०३।१० गते स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा आधारित भएर नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान तथा अन्य स्रोत एवं हाम्रो आफ्नै प्रयास, प्रयत्न तथा योगदानबाट संकलन हुन सक्ने आन्तरिक आयलाई समेत एकिकृत गरी आर्थिक ऐन, २०७५ र विनियोजन ऐन, २०७५ मा समावेश गरी आर्थिक वर्ष २०७५।७६ को वार्षिक बजेट तथा कार्यक्रम तयार गरिएको छ ।

आफ्नो गाउँ आफै बनाउनु पर्छ मागेर विकास हुन सक्दैन भन्ने मान्यतालाई आत्मसात गर्दै कर तथा सेवा शुल्कका दरहरूलाई बढाउनको सट्टा यसको दायरा फराकिलो पारी सवै नगरवासीहरुले स्वतस्फूर्त रुपमा समृद्ध नगर निर्माणमा योगदान पुर्याउन सक्ने आधार तयार गर्ने प्रयास गरिएको छ ।

नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसार नगरपालिकाले आफ्नो क्षेत्रभित्र संकलन गर्ने कर, दस्तुर, सेवा शुल्कको दररेट सहित राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम, नेपाल सरकारले उपलब्ध गराएको वित्तीय समानीकरण तथा सशर्त अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान,विकासका साझेदार निकायहरुबाट प्राप्त हुन सक्ने बजेट तथा कार्यक्रम समेत गरी चालु आर्थिक वर्षमा प्राप्त हुन सक्ने स्रोतहरु अनुमान गरी आर्थिक विधेयकतथा विनियोजन विधेयकको अनुसूचीम संलग्न गरी राखिएको छ ।

सम्भाव्य स्रोत साधनलाई बढीभन्दा बढी उपलब्धिमूलक क्षेत्रमा खर्च गरी स्थानीय नगरबासीहरुलाई सहज र सरल ढंगबाट गुणस्तरीय सेवा उपलब्ध गराउन सकियोस् जसले आम नगरबासीहरुको जिवनस्तरमा सुधार ल्याउँदै समृद्धितिर उन्मुख गराउने गरीविकासका आधारशिलाहरु खडा गर्न सकोस् भन्ने अभिप्रायका साथ योजना तथा कार्यक्रममा रकम विनियोजन गरी विनियोजन विधेयक, २०७५ को अनुसूचीहरुमा संलग्न गरी राखिएको छ ।

नगरपालिकाको मौजुदा अवस्थाको आंकलन सभाध्यक्ष महोदय,

विकासका प्रचुर संभावना रहेको भएतापनिनमोबुद्ध नगरपालिका विकासको गतिमा पछाडि परेको छ । यहांका वासिन्दाको आर्थिक, सामाजिक अवस्था हेर्ने हो भने तुलनात्मक हिसाबले छिमेकी नगरपालिकाहरु भन्दा निकै तल रहेको पाइन्छ । अझै पनि यस क्षेत्रको अधिकांश स्थानहरुस्वच्छ खानेपानीको पहुंचबाट धेरै टाढा छन् । सवै मौसममा चल्ने सडकको अभावमा बिरामीलाई अस्पताल/स्वाथ्य केन्द्रसम्म पुर्याउन कठिनाइ छ । नगरको धेरै क्षेत्रमा विद्युत सेवा पुगेको भएतापनि सेवामा गुणस्तरियता छैन । आर्थिक रुपले सक्रिय जनशक्ति रोजगारीको अभावमा त्यसै निश्क्रिय अवस्थामा छ भने धेरैजसो युवाहरु कामको खोजीमा विदेशिएका छन् । यसले गर्दा यस क्षेत्रका खेतियोग्य जमिन बाँझो भएका छन् भने परम्परागत कृषि प्रणालीको कारण जीवन निर्वाहमा कठिनाई उत्पन्न भएको छ । कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्न नसकिएको कारण यस क्षेत्रमा जनशक्तिको अभाव हुन गई  उत्पादन लागत पनि उत्तिकै बढ्दो छ ।

त्यसैगरी अव्यवस्थित बसोबासको कारण आधारभूत सेवा प्रवाहमा कठिनाई त छंदैछ त्यसको अलावा सहज आवागमनमा असहजताका साथै शहरी सुन्दरता दिनानुदिन खस्किदै गइरहेको छ । भू-उपयोग अवस्था उत्तिकै चिन्ताजनक रहेको छ । यस क्षेत्रमा भएको सार्वजनिक जग्गाहरु दिनानुदिन अतिक्रमित हुंदै गएका छन् । वातावरण मैत्री र व्यबस्थित शहरीकरणको अभावले यहांका मानिसहरुको जीवन कष्टकर बनेको छ । यस क्षेत्रमा बसोबास भएका विभिन्न हिसाबले पछाडि पारिएका वर्ग र समुदाय लोकतन्त्रको प्रतिफल लिन कोशौं टाढा रहेका छन् । विगतमा छुट्टै गाविस मातहत रहेका जनतालाई एउटै नगरवासी भएको अनुभूत गराइ आर्थिक समाजिक विकास गर्नु चुनौतिपूण रहेको छ ।

आदरणीय सभाध्यक्षज्यू,

नमोबुद्ध  नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा प्रमुख रुपमा लिईएका निम्न आधारहरु प्रस्तुत गर्ने अनुमति चाहान्छुः

चालु वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा नेपालको संविधानमा व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु तथा संविधानको अनुसूची८ र ९ मा रहेका स्थानीय तहका एकल अधिकार र साझा अधिकारका सूचीहरुमा भएका व्यबस्था, चौधौं राष्ट्रिय योजना, दिगो विकासका लक्ष्यहरु, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएका स्थानीय तहका काम, कर्तव्य र अधिकारहरु, अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समय समयमा जारी भएका मार्गदर्शन तथा परिपत्रहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरुबाट प्राप्त सुझावहरु, राजश्व परामर्श समितिबाट प्राप्त सुझावहरु समेतका आधारमा सम्भव भएसम्म जनचाहनालाई समेट्ने अभिप्राय लिई प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,

अब म चालु आ.व. २०७४/७५ मा यस नमोबुद्ध नगरपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको संक्षेपमा समिक्षा गर्दै यस अवधिमा भएका योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गर्दछु ।

चालु आ.व. ०७४/७५ मा विभिन्न श्रोतहरुबाट कूल आम्दानी रु. ४८ करोड ८३ लाख ७१ हजार ०३७भएकोमा यो प्रतिवेदन तयार गर्दासम्म रु. ४२ करोड ५० लाख २८ हजार ३. (८७ प्रतिशत) खर्च हुन गएको छ ।आन्तरिक आय रु.१ करोड २३ लाख अनुमान गरिएकोमा हालसम्म रु. १ करोड ३१ लाख असुली भएको छ । नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु. १७ करोड ६३ लाख ३१ हजार,सर्शत अनुदान रु. १४ करोड १२ लाख ७२ हजारनगर विकास कोषबाट ऋण रकम रु. ५० लाख गरी जम्मा ३२ करोड २६ लाख ३ हजारको बजेट सिमा तयार गरिएकोमामध्ये आन्तरिक आम्दानी र वित्तीय समानिकरण अनुदान तर्फ चालु आर्थिक वर्षको लागि विनियोजित योजना तथा कार्यक्रमहरुमा करिब ८० प्रतिशत रकम खर्च भएको र खर्च हुन बाँकी रकमलाई नगरपालिकाको अपुरो भवन निर्माणमा  र आगामी आर्थिक वर्षमा  योजना तथा बजेट सारी खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल सरकार सशर्त अनुदान तर्फ १५ करोड ४० लाख ६६ हजार प्राप्त भएकोमा  करिब ९५ प्रतिशत खर्च भएको र सशर्त तर्फको बाँकी तथा सामाजिक सुरक्षा कार्यक्रम तर्फको बाँकी रकम  संघीय संचित कोषमा फिर्ता पठाउने व्यवस्था मिलाइएको छ ।

सभाध्यक्षज्यू,

अब म  नमोबुद्ध नगरपालिकाको आगामी आ.व. २०७५/७६ को वार्षिकबजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस नगरपालिकाको दिर्घकालिन सोंच (Vision)लक्ष (Mission)उद्देश्य (Objective) र  बजेटका प्राथमिकताको बारेमा संक्षिप्त प्रस्तुति गर्दछु ।

दिर्घकालिन सोंचःकृषिवातावरण व्यापारपर्यटन र उद्योगको विकासः सुन्दर र समृद्ध नगरपालिका निर्माण हाम्रो सशक्त अभियान”  ।

लक्ष: जैविक कृषि उत्पादनपर्यटन र व्यापारबाट नागरिकको आयस्तरमा उल्लेखनीय रुपमा वृद्धि गर्दै पाँच बर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने ।

उद्देश्यहरुः

  1. सडक तथा खानेपानी पूर्वाधारको विकास गरी नगरवासीको जीवन यापन सहज बनाउने ।
  2. नगरलाई वातावरणमैत्री नगरको रुपमा विकास गर्दै व्यवसायिक तथा जैविक कृषि उत्पादनमा जोड दिने तथा स्थानीय उत्पादन सहज रुपमा बजार पहुँचको व्यवस्था गरी नगरवासीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने ।
  3. गुणस्तरीय शिक्षाको लागि विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने तथा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने ।
  4. सुशासनको प्रत्याभूति गराउन संस्थागत सुधार, सेवा प्राप्तिमा सर्वसुलभता, शिघ्रता र गुणस्तरीयता कायम गरी नगरपालिका प्रति आम नागरिकहरुको आस्थालाई वृद्धि गर्ने ।
  5. सेवा सुविधाको सन्तुलित र दिगो वितरण मार्फत लक्षित वर्गको सशक्तिकरण गर्ने ।

यी उद्देश्य पूरा गर्न आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकताहरुः

  1. सडक पूर्वाधार निर्माण र स्तरोन्नती
  2. खानेपानी सेवाको विस्तार
  3. जैविक कृषि प्रवर्द्धन तथा कृषिको आधुनिकिकरण रव्यवसायिकरण
  4. पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण
  5. वातावरणमैत्री उद्योग
  6. प्रविधमैत्री विद्यालय निर्माण
  7. संस्थागत क्षमतामा वृद्धि तथा सेवा प्रवाहमा प्रभावकारीता
  8. सुशासनमा जोड

कार्य नीतिः

  • कृषि व्यवसायपर्यटनउद्योग तथा व्यापारलाई सहयोग पुग्ने गरी नमोबुद्ध नगरका सवै वडा केन्द्रहरु जोड्ने गरी रिङरोडको अवधारणा अनुसार सबै वडा कार्यालयहरुलाई सधै यातायात संचालन हुने गरी सडक संजालले जोड्ने र क्रमशः सडकहरु कालो पत्रे गर्दै जाने ।
  • वातावरण प्रदुषण गर्ने र मापदण्ड विपरित सञ्चालित उद्योगहरु विस्थापन गरी सो क्षेत्रलाई जैविक कृषि उत्पादन तथा हरित क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको नमूना गन्तव्य बनाउने ।
  • राष्ट्रिय भुउपयोग नीति अनुसार जोखिम संवेदनशिल भू-उपयोग योजना निर्माण गरी बस्ती क्षेत्रपर्यटकीय क्षेत्रऔद्योगिक क्षेत्रतथा कृषि क्षेत्र लगायतमा जमिनको वर्गिकरण गरी एक स्थानीय तह एक औद्योगिक क्षेत्रको अवधारणा अनुरुप औद्योगिक क्षेत्रको घोषणा गरी कार्यान्वयन गर्ने ।
  • भूकम्प पश्चातको पुनः निर्माणलाई प्रभावकारी बनाई निजी आवास निर्माण आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने
  • स्वास्थ्य प्रति जिम्मेवार समृद्धिको आधारभन्ने नारालाई आत्मसात गर्दै जीवन शैलीमा सुधार ल्याउन नागरिकहरुमा सचेतना फैलाउने तथा नगरपालिकामा रहेका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गरी सुविधा सम्पन्न बनाउने तथा गुणस्तरीय सेवा उपलव्ध गराउने ।
  • सवै वडामासञ्चालित सामूदायिक विद्यालयहरुमा यु लर्निंग,Talking Teachers, MGML लगायतका प्रविधि र सिकाइ विधि लागू गरी गुणस्तरीय शिक्षाको प्रत्याभुति गर्ने ।
  • सवैलाई स्वच्छ पिउने पानी पुर्याउने अवधारणा अनुरुप सबै स्थानमा खानेपानी विस्तार गर्दै लैजाने ।
  • महिला बालबालिका आदिवासी जनजाति दलित ज्येष्ठ नागरिक अपांग अत विपन्नता भएका परिवार र लगायतकालक्षित क्षेत्रको क्षमता विकासको लागि शिक्षा स्वास्थ्य लगायत आवश्यक सिप विकास तालिम कार्यक्रम विस्तार गर्ने ।
  • बालमैत्री,वातावरणमैत्री,पूर्ण सरसफाइ युक्तबालश्रम मुक्तघरभित्रको धुँवामुक्तनगर निर्माण गर्न अभियानहरु सञ्चालन गर्ने ।
  • नगरको तथ्यपरक विवरण अद्यावधिक गर्न वडा तथा नगर प्रोफाइल तयार गर्ने ।

बजेटले समेटेका प्रमुख विषयहरुः

आदरणीय सदस्यज्यूहरु,

  • नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त अनुदान स्वरुप प्राप्त १९ करोड १६ लाख ८७ हजारबाट सञ्चालन गरिने कार्यक्रमहरु तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रमहरु निक्षेपित भै आएको सन्दर्भमा उक्त कार्यक्रमहरुलाई हुबहु स्वीकृत गरिएको छ ।
  • नमोबुद्ध नगरपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ खानेपानी पुर्याउन यस नगरपालिकालाई प्राप्त अनुदान समेतको उपयोग गरी नेपाल सरकारका केन्द्रीय निकाय तथा विभिन्न विकास साझेदारहरुसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्न बजेट विनियोजन गरिएको छ ।
  • एतिहासिक,धार्मिक एवं पर्यटकीय महत्वको विश्व प्रशिद्ध नमोबुद्ध मन्दिर क्षेत्रमा गुरुयोजना अनुसार सवारी साधन पार्किंग स्थल, शौचालय, स्वागत द्धार लगायतका पूर्वाधार विकासको लागि बजेट विनियोजन गरिएको छ ।
  • समावेसी विकासका माध्यमद्धारा समुदायको विकास गर्दै तत् तत् क्षेत्रमा क्षमता विकास गर्ने नीति अनुरुप लक्षित क्षेत्र तथा विषयगत क्षेत्रका प्रवर्द्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • नमोबुद्ध नगरपालिकाको वडा तथा नगर प्रोफाइल निर्माण गर्न तथा आवधिक नगर विकास योजना तर्जुमा गर्न आवश्यक ठानी सोको लागि वजेट विनियोजन गरिएको छ । उक्त दस्तावेजले आर्थिक विकासभु-उपयोग योजनापूर्वाधार विकास योजनावातावरण तथा विपद व्यवस्थापन योजना लगायतका क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गर्न सहजता दिने तथा समग्र नगरको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
  • वातावरण मैत्री विकासलाई टेवा पुर्याउन विभिन्न स्थानमा वातावरण मैत्री स्थलको निर्माणपानीको मुहान संरक्षण पार्कचौतारारिचार्ज पोखरी निर्माणजस्ता कार्य गर्न रकमको विनियोजन गरिएको छ । त्यस्तै गरी बाल मैत्री स्थानीय शासनलाई टेवा पुर्याउने विविध कार्यक्रमहरुको लागि वजेट विनियोजन गरिएको छ ।
  • नगरका परम्परागत सांस्कृतिक महत्वका स्थानहरुको संरक्षण तथा जात्रा महोत्सव पवर्द्धनको लागि बजेट विनियोजन गरिएको छ

सभाध्यक्ष महोदय,

अब म आ.व. ०७५/७६ का लागि अनुमानित गरिएको बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

. आय

(बजेट तथा योजना वाचन)अनुमान

अन्त्यमा,

योजना तथा कार्यक्रम तर्जुमा गर्नु भन्दा त्यसको सफल कार्यान्वयन गर्नु हाम्रो लागि चूनौतिको विषय हो । अर्को तर्फ योजनाको कार्यान्वयन गर्दा त्यसको गुणस्तर कायम गर्ने तथा समयमा नै सम्पन्न गर्नु पनि त्यतिकै चूनौतिको विषय रहेको छ । यस तर्फ आगामी दिनहरुमा सांसदज्यूहरुबाट सहयोगको अपेक्षा गर्दछु । विकासका कार्यक्रम केकति सम्पन्न गर्यौ भन्दा पनि त्यसबाट नागरिकको जिवनमा हामीले के कति परिवर्तन ल्यायौत्यो नै महत्वपूर्ण विषय हो । यस तर्फ पनि सबै सदस्यज्यूहरुले मनन गर्नु हुने छ र भावी दिनमा सम्बृद्ध र सु-संस्कृत नमोबुद्ध बनाउन सबै राजनैतिक दलनागरिक समाजनिजी क्षेत्रपेशागत संस्थाका महानुभावहरुशिक्षकपत्रकार लगायत सबै नमोबुद्ध बासीमा हार्दिक अपिल गर्दछु ।

नमोबुद्ध नगरपालिकाको तेश्रो नगर सभा सम्पन्न गर्ने क्रममा विभिन्न योजना तर्जुमाका विभिन्न चरणमा सहयोग पुर्याउनु हुने विभिन्न यस नगरका निर्वाचित सवै सहयात्री जनप्रतिनिधिहरुराजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुउद्योगी व्यवसायीहरुप्राज्ञिक व्यक्तित्वहरु,नागरिक समाजका प्रतिनिधिहरुविभिन्न संघ संस्थाका प्रतिनिधिहरुपत्रकार मित्रहरु लगायतसम्पूर्ण शुभेच्छुक महानुभावहरु तथा सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु । रउल्लेखित नीतिनिर्णयकार्यक्रम तथा बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षको प्रतिवद्धता रहने छ र यो नगरपालिकालाई एक सक्षम नगरपालिका निर्माणको प्रकृया स्थापित गर्न कोशेढुङ्गा सावित हुनेछ भन्ने आशा र विश्वास सहित म लगायत हामी सवैको सहकार्य, सहयोग र सदभावले मात्र यस नगरको समृद्धि तर्फको यात्रा सफल हुने सत्यलाई आत्मसात गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको सकृय सहभागिता, सुझाव रसहयोगको अपेक्षा समेत गर्दछु ।

  मष्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी, ह्रृदयमा इमान्दारी

            जय नमोबुद्ध !  धन्यवाद ! 

          

 

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : ०२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने