२०८१, ७ कार्तिक बुधबार

नेपालद्वारा थाइल्याण्ड पराजित

नेपालद्वारा थाइल्याण्ड पराजित


काठमाडौँ, २१ असोज: मलेसियामा जारी आइसिसी टी –ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल थाइल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आज भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा समेटियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । वान्चना विइसक र जिअउल होकले सात सात रन मात्र बनाए । नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । त्यसै गरी करण केसीले ३ विकेट लिए । साढे एक ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै शरद् भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिलकुमार शाहले २५, विनोद भण्डारीले १५, आरिफ शेखले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कप्तान पारस खड्काले ५ र सोमपाल कामीले ४ रन जोडे । थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : ३६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि