Logo

‘जनताको घरदैलोमा पुग्नुपर्छ’: मुख्यमन्त्री पौडेल



 

हेटौँडा, १८ असोज: मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकाय जनप्रतिनिधिले दिगो विकासको लक्ष्य लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय परिषद् मकवानपुरको तेस्रो जिल्लासभा तथा वार्षिक समीक्षा बैठकमा आज उहाँले जनप्रतिनिधिले स्थानीय निकायको ऐन कानूनको मर्यादा र अधीनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारको ऐन कानूनद्वारा प्रत्योजित अधिकार क्षेत्रलाई स्थानीय तहका केही पदाधिकारीले अवज्ञा गर्ने भनी लहर चलाइएको आरोप लगाउँदै मुख्यमन्त्री पौडेलले जनताप्रति जिम्मेवार हुनुपर्ने प्रतिनिधि अवान्छित क्रियाकलापमा सहभागी भए प्रदेश सरकारबाट जाने अनुदान रकम स्थगित गर्ने चेतावनी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव आनन्दराज ढकालले स्थानीय निकायका पदाधिकारीले जनताको हितको निमित्त निःस्वार्थ भई काम गर्नुपर्छ भन्दै गुणस्तरीय सामान प्रयोग गरेर विकास निर्माण कार्य गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पौडेलले जनआन्दोलन विसं २०३६ देखि ०६२÷०६३ सम्मका योद्धा क्रमशः रामचन्द्र अर्याल माइकल, सीता विडारी, विष्णु ढुङ्गाना, रामबहादुर भुजेल, जयबहादुर न्यासुर र गोविन्द तिवारीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार