Logo

भक्तपुर तनावग्रस्त, स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्धारा अश्रुग्यास प्रहार



भक्तपुर, १७ असोज । दिउसोमा संचालन गर्न रोक लगाइएको टिपरलाई छुट दिएकै दिन काठमाडौंमा भयानक दुर्घटना भएको छ । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो । बुधवारवाटै दिइएको छुटको दुरुपयोग भएको छ । निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

टिपरका कारण दिनहुं दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न थालेपछि राति ८ वजेसम्म टिपलाई काठमाडौं प्रवेशमा रोक लगाइएको थियो । साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले सांझ साँगा चोकमै टिपर रोक्ने गरेको थियो । तर, बुधबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले निर्माणको कार्यमा असर गरेको ठहर गर्दै टिपर संचालन समय बढाएको थियो ।

विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भएको केही घण्टा नबित्दै भयानक दुर्घटना भएको हो । भक्तपुर जिल्ला प्रशासनले पनि चार दिन अघि टिपरलाई साँगा चोकको साटो सल्लाघारीमा रोक्ने निर्णय गरेको छ । काठमाडौं र भक्तपुर प्रशासनले टिपर सञ्चालनको व्यवस्था परिवर्तन गरेलगत्तै दुर्घटना भएको छ । बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको परिचय भने खुलेको छैन । घटनापछि आक्रोशित भीडले टिपरमाथि आगजनी गरेको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि तनाव कायमै छ

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार