२०८०, १६ आश्विन मंगलबार

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’

सम्बन्ध विच्छेद फेसन जस्तै बन्ने थाले : एकै दिन २९ ‘सम्बन्ध विच्छेद’


काठमाडौं, असोज १७ : समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँला रु सोचनीय विषय बन्दै गएको छ ।

कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन् । काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए । ३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।

पेसीका अलावा आपसी मिलेमतोमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्नेको संख्यासमेत झनै डरलाग्दो छ । दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन् ।

काठमाडौं जिल्लामा मात्र नभएर पछिल्लो समय देशैभर सम्बन्ध विच्छेदका घटना बढेको हो । कास्की जिल्ला अदालतमा यस साता २० वटा मुद्दाको पेसी सम्बन्ध विच्छेदका छन् । भक्तपुरमा १० वटा परेका छन् भने ललितपुरमा भने सातवटा छन् । यो खबर आजको राजधानी दैनिकले छापको छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ८ : ०७ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका