२०८०, ४ आश्विन बिहीबार

वृद्धाश्रम पैसा कमाउने माध्यम : मानवअधिकार आयोग

वृद्धाश्रम पैसा कमाउने माध्यम : मानवअधिकार आयोग


काठमाडौं, असोज १५: देशभर सञ्चालनमा रहेका अधिकांश वृद्धाश्रम र दिवासेवा केन्द्रलाई पैसा कमाउने माध्यम बनाइएको पाइएको छ। अधिकांश वृद्धाश्रम र दिवा सेवा केन्द्र सञ्चालकले त्यहाँ आश्रित ज्येष्ठ नागरिकका नाममा राज्यबाट रकम लगी दुरुपयोग गरेको रहस्य राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनबाट बाहिर आएको हो।

आयोगले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षणमा ध्यान केन्द्रित गर्दै ऐन, नियमावली कार्यान्वयन सम्बन्धमा समेत अध्ययन गरेको छ। आयोगले ज्येष्ठ नागरिकका लागि सरकारले गरेको लगानी र उपलब्धिलाई अध्ययनको मूल विषय बनाएको छ। यस वर्ष १८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस सोमबार मनाइँदै छ।

दिवसको अघिल्लो दिन आइतबार आयोगले सार्वजनिक गरेको मध्यावधिक प्रतिवेदनमा सरकार र गैरसरकारी संस्थाले लगानी गरे पनि वृद्धाश्रमममा स्वास्थ्य उपचार मुख्य समस्या देखिएको उल्लेख छ। अध्ययनअनुसार विभिन्न कारणले परिवारबाट एक्लिएका, रोग लागेका करिब ७० वर्ष उमेर पार गरेका वृद्धाश्रममा बस्न बाध्य छन्। यो खबर आकजो नागरिक दैनिकले छापेको छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : २० बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका