२०८०, १६ चैत्र शुक्रबार

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो


काठमाडौँ, १३ कात्तिक: मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको र निर्यात रु १४ अर्ब ७० करोडमा सीमित भएको उल्लेख गरिएको छ ।

चालू आव २०७५÷७६ को दुई महीनामा कूल वस्तु निर्यात आठ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ७० करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको जनाइएको छ । गन्तव्यका आधारमा भारततर्फ १३.६, चीनतर्फ ११.४ र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दन्तमञ्जन, लत्ताकपडा, जुसलगायत वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिनालगायत वस्तुको निर्यात घटेको छ ।

गत साउन र भदौमा वस्तु आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको जनाउँदै नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३८.९, चीनबाट १३.२ र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, एम.एस. बिलेट, सवारीसाधन तथा पार्टपुर्जा, अन्य उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

कूल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई रु दुई खर्ब १७ अर्ब ६५ करोड पुगेको छ भने समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु १९ अर्ब ७४ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महीना १९ करोड २६ लाख डलर रहेको चालू खाता घाटा समीक्षा अवधिमा ३२ करोड एक लाख डलर पुगेको छ । त्यसैगरी शोधनान्तर घाटा रु २५ अर्ब ४५ करोड छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा रु पाँच अर्ब ८७ करोड थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महीनामा पाँच करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड नौ लाख डलर रहेको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ११ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय