Logo

मृत्युको कारण बन्दै मस्तिष्कघात, मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न के गर्ने ?



काठमाडौं, कात्तिक १३ । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो ।मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ ।

मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ ।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्कघातकाबारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्‍याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्नसकिने बताउँछन् ।

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बांगिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन् ।डा. पौडेल भन्छन्–‘यीमध्ये कुनै लक्षण देखिएमा चार घन्टाभित्र अस्पतालमा पुर्‍याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।’

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्कघात बढ्दोक्रममा नै रहेको बताइन्छ ।एक अध्ययनअनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो । तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रामा मस्तिष्कघात हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक दुई सेकेन्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र १० सेकेन्डमा एकको मृत्यु यही कारण हुने गर्दछ ।हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ । मृत्युको दोस्रो कारक तत्वकारुपमा यसलाई लिइन्छ । ६ मध्ये एकलाई मस्तिष्कघात हुनसक्ने अध्ययनले देखाएको छ ।

मस्तिष्कघात हुन नदिन के गर्ने ?
डा. पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।उनी भन्छन्–‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।’

यस्तैगरी, मस्तिष्कघातपछि हुने कमजोरी विश्वमा नै अपांगताको दोस्रो ठूलो कारणकारुपमा रहेको छ ।यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिएपनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयका हुने चिकित्सक बताउँछन् ।डा. पौडेलकाअनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमामात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्कघातलाई नियन्त्रण गर्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार