२०८१, १२ श्रावण शनिबार

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट


पर्वत, १२ कात्तिक: सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको एक हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । गल्लीगल्लीमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरु बढेपछि उक्त अभियान चलाइएको हो ।

एक हप्तामा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा अनुगमन गर्दा अवैध रुपमा राखिएको घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाका–४, ५, ६ र ७ बाट बरामद गरिएको अवैध मदिरा आज जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिनाका साथै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र प्लाष्टिकका १५ ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ५२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्