Logo

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !



काठमाडौं, कार्तिक १२ :तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ ।

विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

विभिन्न देशका नम्बरबा६ नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। ‘२–३ सेकेन्डमात्र कल गर्द पनि १–२ सय रुपैयासम्म व्यालेन्स काटिन सक्छ।’ अर्यालले भने यस्ता कल ठग्ने उद्देश्यले आइरहेका छन् ।

नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ। प्राधिकरणले पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेयिबा लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार