Logo

शान्ति सैनिक सङ्ख्या बढाउन नेपाल तयार



काठमाडौँ, ९ कात्तिक: उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्तिपूर्ण सहअस्तित्वमा आधारित आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा रहेको नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित रहँदै आएको बताउनुभएको छ । चीनमा जारी आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरम नामक अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा आज “संयुक्त राष्ट्र सङ्घको शान्ति मिशन ः चुनौती र सहकार्य” विषयमा सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य चीनले अन्तर्राष्ट्रिय शान्ति स्थापना, बहुपक्षीय प्रणालीको सबलीकरण र आतङ्कवादविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।

छ दशकदेखि नेपालले राष्ट्र सङ्घको शान्ति मिशनमा रही योगदान दिएकाले शान्ति, सद्भाव र करुणाजस्ता सन्देश दिने गौतम बुद्धको जन्मभूमिका नेपाली ज्ञानी रहेको प्रमाणित भएको बताउनुभयो । हालसम्म नेपाली सेनाका छ हजार २५७ ले शान्ति मिशनमा खटिएर स्थायित्वका लागि योगदान दिइसकेको जानकारी दिँदै उहाँले राष्ट्र सङ्घको आह्वानमा यो सङ्ख्या बढाउन नेपाल तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली शान्ति सेनाले विश्वमा शान्ति स्थापना, स्थायित्व र द्वन्द्वग्रस्त अवस्थामा मान्छेको जीवन र सम्पत्ति बचाउन, मानवअधिकारको रक्षा गर्न खेलेको भूमिकाको अन्तर्राष्ट्रियरुपमा सह्राहना गरिएको छ ।”

उपप्रधानमन्त्री पोखरेलले मिशनका लागि नेपालको स्रोत, विज्ञता, सैन्य उपकरण र स्पष्ट मार्गनिर्देशनका विषय सोचनीय छन् भन्दै शान्ति स्थापनामा एकै खालको समाधानको उपाय सही नहुने नेपली अनुभवसमेत प्रस्तुत गर्नुभयो । नेपालले मौलिक ढङ्गले शान्तिवार्ता सफल बनाएको उदाहरण स्मरण गराउँदै उहाँले मिशनमा खटिएका सेना सम्बन्धित देशको आन्तरिक राजनीतिक मामिलाबाट टाढा रही शान्ति र विधि स्थापनाको परिणामुखी कार्यादेशमा कार्यरत हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलको भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार