Logo

यात्रुसँग तेब्बर भाडा असुल्दै सवारी साधन



काठमाडौँ, ७ कात्तिक: चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर्वसाधारण जनताको ढाड सेकाउने काम भइरहेको यात्रुको गुनासो छ ।

धादिङका ग्रामीण सडकमा गुड्ने साना जीप, बलेरो, ट्याक्सीलगायत सवारी साधनले निर्धारितभन्दा दोब्बर बढी भाडा लिइरहेका छन् । काठमाडौँ –टोड्के भञ्ज्याङ खण्डमा यसअघि रु ३३० भाडा लिने गाडीले अहिले रु ८०० सम्म भाडा लिएका छन् । दशैँ बित्न लाग्दासमेत धादिङको उत्तरी सडक खण्डमा गुड्ने सवारीले जथाभावी भाडा असुलेका छन् । यस्तै धादिङ– आरुघाट खण्डमा समेत निर्धारित दरभन्दा दोब्बर बढीसम्म भाडा लिइएको छ ।

चाडपर्वका बेला यात्रुको सङ्ख्या उच्च हुने मौका छोपेर व्यवसायीले भाडामा मोलमोलाइ गर्ने गरेका छन् । यस वर्ष सवारी साधन जाँचमा कडाइ गरिएको भनिए पनि सार्वजनिक यातायात साधनले क्षमताभन्दा दोब्बर–तेब्बरभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राखेर गुडाउने, यात्रुभन्दा बढी सामानसमेत बोकेर हिँड्ने, बढी भाडा असुल्नेलगायत गतिविधि गरिरहेका छन् । रिजर्भका नाममा सवारी साधनले तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी र यात्रुको सङ्ख्या बढी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार