नौ सय पोका पटाका बरामद

सप्तरी, ७ कात्तिक: हनुमाननगर कङ्कालिनी नगरपालिका ३ पोर्ताहाबाट प्रहरीले आज करीब नौ सय पोका पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले विभिन्न ब्राण्डका आठ सय ८० पोका पटाका बरामद गरेको जनाइएको छ ।
प्रहरी टोलीलाई देखेर पटाका ल्याउने व्यक्ति पटाकाको झोला फाली फरार भएपछि पटकासहितका तीन झोलाबाट पटाका बरामद भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
-रासस