२०८०, ८ आश्विन सोमबार

सुनसान बन्दै काभ्रेको कृषि ज्ञान केन्द्र

सुनसान बन्दै काभ्रेको कृषि ज्ञान केन्द्र


बनेपा, ६ कात्तिक: बनेपास्थित कृषि ज्ञान केन्द्र विगत दुई महिनादेखि सुनसान देखिएको छ । प्रदेश सरकार मातहतमा रहने निर्णय भएपछि कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रूपमा स्थापना गरिएको हो । सोहि नाममा बोर्ड झुण्डियाएको दुई महिना भएपनि कार्यालय भने सुनसान देखिएको हो । कृषि विकास कार्यालयको नाम नै परिवर्तन भएपछि भएको कर्मचारीसमेत स्थानीय तह (नगर÷गाउँपालिका)मा गएर काम गरिरहेका छन् ।

कार्यालय प्रमुख सहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले एक जना लेखापालले मात्रै कार्यालय खोल्ने गरेका छन् । “बोर्ड राखिएको छ, कार्यालय प्रमुख हुनुहुन्न, अरु कर्मचारी पनि कोही छैनन्”, लेखापाल अखिल खड्काले भन्नुभयो, “जिम्मेवारीको टुंगो नै नलागेकाकारण हामीले पारिश्रमिकसमेत पाएका छैनौँ ।” उहाँले भन्नुभयो “न काम छ, न त पारिश्रमिक नै ।” कृषि ज्ञान केन्द्रमा प्रमुख एक, अधिकृत सात, लेखापाल एक, प्रशासन खरिदार एक, प्राविधिक सहायक तीन, कार्यालय सहायक तीन र चालक एक गरी १७ जनाको दरबन्दी भए पनि हालसम्म कर्मचारीको व्यवस्थापन हुन सकेको छैन् ।

कार्यालय नै सुनसान भएपछि अहिले कृषि ज्ञान केन्द्रको कार्यालयमा धुलिखेल नगरपालिकाको कृषि शाखा कार्यालय राखिएको छ । नगर कृषि शाखाका प्राविधिक सहायक केशवप्रसाद कोइरालाले भन्नुभयो, “दुई कोठामा कृषि शाखाको कार्यालय सञ्चालन भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको बारेमा टुङ्गो नलाग्दा कार्यालय विधिवत सञ्चालनमा नआएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : २० बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।