२०८०, १६ आश्विन मंगलबार

सुत्ने समयमा यी कुरा सँधै ख्याल गर्नुपर्छ र ?

सुत्ने समयमा यी कुरा सँधै ख्याल गर्नुपर्छ र ?


काठमाडौं । हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो निद्रा र सुताइ । निद्रा लिनु वा सयन गर्नु मानिस मात्र होइन जनावर र रुख विरुवाको समेत प्राकृतिक स्वभाव हो ।

दिनभरी काम गरेपछि हामी थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । शरीरलाई आराम दिनका लागि हामी सुत्छौं ।

सुत्नु सामान्य क्रिया भएपनि यसको नियम छ । शास्त्रहरुमा सुत्ने पनि नियमहरुबारे उल्लेख छ । हामी सुत्दा खुट्टा दक्षिण दिशा तर्फ फर्केको हुनु अशुभ मानिन्छ । अर्थात उत्तर तर्फ शिरानी कहिल्यै पनि गर्नु हुँदैन ।

कुन दिशा गर्ने शिरानी ?

सके सम्म पूर्व वा दक्षिण दिशामा शिर राखेर सुत्नु पर्छ । यी दिशामा शिरानी राख्दा दीर्घायु हुने र स्वास्थ रहन सकिने शास्त्रमा उल्लेख छ ।

यसको विपरित उत्तरमा शिरानी गरेर सुतेमा स्वास्थ्यमा समस्या आउने र अशुभ हुने मानिन्छ ।

सुताइले पुनर्ताजगीको अनुभव गराउँछ र पुन काम गर्न सकिन्छ । रात्रिको भोजनपछि तत्काल सुत्नु हुँदैन । सुत्नु अघि अर्को दिनका लागि कामको योजना बनाउनु उत्तम हो । दिशा पिसाव आएमा गरेर मात्र सुत्नु पर्छ । दिशा पिसाव च्याँपेर सुत्नु घातक हुन्छ ।

सुत्दा जहिले पनि दक्षिण वा पूर्व तर्फ शिर राखेर बायाँ पट्टी कोख फर्किएर सुत्नु पर्छ । सुत्नु अघि मन पर्ने संगीत पनि सुन्न सकिन्छ । यसले मनको तनाव कम गर्छ । सूर्योदय भन्दा पहिला नै जागिसक्नु पर्छ ।

बायाँ कोख: बायाँ कोख फर्किएर सुत्दा पाचन प्रणालीमा सहजता हुन्छ । यसो गर्दा नाकको बायाँ प्वालबाट स्वस प्रश्वास प्रक्रिया चल्छ र यसले पाचनका लागि आवश्यक पर्ने उष्णता अर्थात ताप पैदा गर्छ ।

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : ५४ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका