२०८०, ४ आश्विन बिहीबार

राष्ट्रपतिलाई जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

राष्ट्रपतिलाई जेलमै अन्तर्वार्ता, अदालतको अनुमति


ब्राजिल, १३ असोज कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ ।

देशको सर्वोच्च अदालतले उहाँलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो ।

ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक पत्रिका “फोल्हा डे साओ पाउलो” को पटक पटकको आग्रहपछि न्यायाधिश रिकार्डो लेवान्डोवस्कीले यस्तो आदेश दिनु भएको समाचारमा जनाइएको छ ।

सो पत्रिकाले मुलुकको दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिलाई सञ्चार माध्यममा बोल्न नदिएर प्रेस स्वतन्त्रतामा बाधा पर्ने तर्क गर्दै अन्तर्वार्ताका लागि अनुमति दिन माग गरेको थियो ।

भ्रष्टाचार गरेको आरोपमा पूर्व राष्ट्रपति लुलालाई गत अप्रिल देखि करावासमा राखिएको छ ।शुक्रबारको आदेशसँगै लोकप्रिय पूर्व राष्ट्रपति लुलालाई सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन बाटो खुलेको छ ।

उहाँलाई सर्वोच्च अदालतले नै भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको हो । आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको लुलाको दाबी छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  १० : ३२ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका