२०८१, ६ जेष्ठ आईतबार

बनेपा महोत्सव : भद्रगोल र अब्यस्थित

बनेपा महोत्सव : भद्रगोल र अब्यस्थित


काभ्रेको बनेपामा जारी बनेपा महोत्सव यसअघि वर्षहरूमा काभ्रे जिल्लामै सञ्चालन भएका भन्दा पनि निकै भद्रगोल र अब्यस्थित देखिएको छ ।

बिहीबारबाट सुरु भएको महोत्सव २१ असोजसम्म चल्छ । तर आयोजक बनेपा ब्वाइज क्लबले महोत्सव स्थल सहि ठाउँमा छनौट गर्न नसक्दा भद्रगोल र अब्यस्थित बन्न पुगेको हो ।

साँघुरो ठाउँ । ठाउँको तुलनामा स्टलहरु धेरै । अनि आयोजकले देखेका धेरै दर्शक ।

बनेपा जनसंख्याको हिसाबले ठूलो नगरपालिका हो । यहाँ बनेपाका रैथाने मात्रैको बसोबास छैन् । कोशीपारी, डाँडापारी देखि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओलढुंगा, सिन्धुली लगायतका जिल्लाबाट समेत आएर बसोबास गर्नेको संख्या उलेख्य छ । त्यसैले त बनेपालाई ब्यापारिक केन्द्र भनिएको हो ।

तर आयोजकले यी कुराहरुलाई पुरै ब्यवास्ता गरेको पाइन्छ । दर्शकहरुलाई आवात जावात गर्ने बाटो एउटै छ । जनसंख्या अनुसार आवात जावात गर्ने ठाउँको पर्याप्त ब्यवस्था गरिएको छैन् । यति भुकम्प लगायतका विपद् आइ हाल्यो भने महोत्सव स्थलबाट बाहिरीने आपत्कालिन कुनै ठाउँ राखेको छैन आयोजकले ।

हल्ला धेरै, काम शुन्य
दशैको मुखैमा आयोजना गरिएको बनेपा महोत्सवमा कपडा र भाडाँकुडा बाहेक अन्य स्टल देख्न मुस्किल पर्छ । मेला, महोत्सवहरुको सामान्य सिद्धान्त भनेको जिल्लामा उत्पादन भएर प्रचारप्रसार र बजार नपाएका चीज, बीजलाई पहिलो प्राथमिकता दिनु हो ।

तर आयोजकले यसलाई पुरै ब्यवास्ता गरेको छ । महोत्सव हुनु भन्दा अघि गरिएको पत्रकार सम्मेलनमा दशै लक्षित बजार र स्थानीय उत्पादनले मूख्य प्राथमिकता पाउने आयोजकले दाबी गरेको थियो । महोत्सव स्थलमा पुग्दा बत्ती बालेर खोज्दा पनि स्थानीय उत्पादनका स्टल भेटिन मुस्किल छ ।

दशैँलाई लक्षित गरि आयोजना गरिएको महोत्सवमा कपडा र भाडाँकुडामा मात्रै किन्ने हो ? दशैँमा बढी प्रयोग गरिने मसलाको स्टल नै छैन् ।

स्टलको ठेक्का गोरेटो इभेन्ट ग्रुप काठमाण्डौलाई दिइएको छ । तर स्टलको ब्यवस्थापन खास गतिलो छैन् । पानी परिहाल्यो भने चुहिएर सामान भिज्ला भनेर ब्यापारिहरु चिन्तित देखिन्छन् ।

उभिनलाई टिकट
बनेपा महोत्सवले पनि दर्शकलाई घण्टौँ उभ्याउने परम्पराको अन्त्य गर्न सकेन् । महोत्सव हेर्न सबै खालका दर्शक आइपुग्छन् । तर आयोजकले फरक क्षमता भएका, बृद्धबृद्धा, स साना बालबच्चा लिएर आएका दर्शकलाई बस्ने एउटा पनि मेचको ब्यवस्था गरेको छैन् ।

५० र ३० रुपैयाँको टिकट काटेर महोत्सव स्थल प्रवेश गरेका दर्शकहरु घण्टौँसम्म उभिएरै कलाकारहरुको प्रस्तुति हेरिरहेका थिए । आयोजकलाई प्रश्न स्टलको सामान हेर्न र किन्नलाई मात्रै हो टिकट ?

दर्शकलाई पाका, स्पोन्सरलाई काखा
मेला, महोत्सव स्पोन्सरले मात्रै चल्दैन् । बरु दर्शकको संख्या धेरै भयो भने चल्न सक्छ । स्पोन्सरको आवश्यकता पर्दैन । तर बनेपा महोत्सवमा स्पोन्सरको चकडी धेरै र दर्शकलाई ब्यवस्ता गरेको प्रष्टै देखिन्छ ।

कार्यक्रम सञ्चालकले एक घण्टाकाे अवधिमा स्पोन्सरको नाम पटक, पटक लिन्छन् । रेडियोमा विज्ञापन नै बजाए झैँ स्पोन्सरको नालीबेली भनिरहेका हुन्छन । उनीहरुलाई फूलमाला लगाएर मञ्चमा स्वागत गरिन्छ । तुल, ब्यानरमा पनि उनीहरूकै नाम हुन्छ । तर टिकट काटेर भित्र छिरेका दर्शक फोहोर भूईमै बस्न बाध्य छन् । पानीको गिजगिज हिलोमै दर्शकहरु उभिनु परेको छ ।

कलाकार देख्नै मुस्किल
आवात जावात देखि स्टलको आकार प्रकारमा समेत चुकेको आयोजक मञ्च निर्माणमा झनै बढी चुकेको देखिन्छ ।

आफुलाई मन पर्ने कलाकार आएपछि उनको बोली मात्रै होइन् । शारीरिक हाउभाउ पनि हेर्ने मन दर्शकको हुन्छ । तर यो पटक मञ्च निर्माणमा सामान्य ध्यान नदिन घाटीँ तन्क्याइ, तन्क्याइ कलाकार हेर्न दर्शक बाध्य छन् ।

मञ्च अग्लै ठाउँमा बनाउने कोशिस गरिएको छ । तर मञ्च भन्दा अघिको थोरै अग्लो भागको राम्रो ब्यवस्था नगरिदिदाँ कम उचाई भएका दर्शक मारमा परेका हुन् ।

बनेपा महोत्सव आयोजक मूल समिति बनेपा ब्वाइज क्लबले यसअघि पनि महोत्सव गरिसकेको छ । तर त्यहाँबाट पनि कुनै पाठ सिकेर नयाँपन दिन नसक्नुलाई भने आश्चार्य नै मान्नुपर्छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ८ : ३६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको