२०८०, ४ आश्विन बिहीबार

मेलम्ची–थाङपालधाप सडकमा ६४ करोडको ठेक्का प्रक्रिया शुरु

मेलम्ची–थाङपालधाप सडकमा ६४ करोडको ठेक्का प्रक्रिया शुरु


मेलम्ची, १३ असोज सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।

वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले पाँचपोखरी क्षेत्रको मेलम्ची–भोताङ मोटरबाटो मेरुदण्ड जस्तै भएको र सो सडक निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले धाप–भोताङ सडकखण्डका लागि बजेट व्यवस्थापन गर्ने, मेलम्ची, केउरिनी, बाँसखर्क, बरुवा, याङ्री सडकको बजेट थप गर्ने, दुवाचौर, बाँसखर्क, बरुवा सडकको बजेट थप गर्ने तथा पाँच पक्कीपुल र पाँचपोखरी केबलकार निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।

वर्षात्को समयमा पैदल आवतजावत गर्नसमेत मुश्किल पर्ने सो सडकखण्डको स्तरोन्नति भए मेलम्ची नगरपालिकाको ज्यामिरे लगायत पाँचपोखरी थाङपाल गाउँपालिकाका करीब २० हजार बासिन्दालाई यातायातको सुविधा पुग्नेछ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ६ : २८ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका