२०८०, ८ आश्विन सोमबार

गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन

गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन


काठमाडौं, असोज १३: गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय (फाँसी) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाए ।

‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ’, उनको भनाइ प्रतिनिधिमण्डलका सदस्यले सुनाए । गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् । ‘निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ’, प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भने ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : १३ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।