२०८०, २८ चैत्र बुधबार

सुत्ने बेलामा भुलेर पनि गर्न नहुने गल्तिहरु यी हुन्

सुत्ने बेलामा भुलेर पनि गर्न नहुने गल्तिहरु यी हुन्


भन्छन् मान्छेले आधा जीवन त सुतेरै बिताउँछ। निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ। गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्को दिनका लागि ऊर्जा हुन्। यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ। एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्। त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन्।

राति कफी पिउनेः  कफिन आफैमा उत्तेजक पदार्थ हो। अलि कडा कफी खाएर सुत्दा कफीले सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ। त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ। तसर्थ रातको समयमा सकभर कफी नपिउनुहोस्। बेडमा जानु अघि त कदापी नपिउनुहोस्। बरु ट्राइफटोफान भएको खानेकुरलाई रातीको स्नायाक्सको रुपमा लिनुहोस्। दही, दुध, केरा, अण्डामा अत्याधिक मात्रामा ट्राइपटोफान हुन्छ। सेरोटोनिन उत्पादन गर्न शरिरलाई एमिनो एसिडको आवश्यकता पर्छ जसले निन्द्राको चक्रलाई नियन्त्रण गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्छ।

झुलेर बस्नेः  झुल्ने विषयमा विभिन्न धारणाहरु रहेका पाइन्छन्। झुल्दा पनि केही मात्रामा सुत्न सकिने विभिन्न विज्ञहरुले बताएका छन् तथापी यो गलत धारणा हो। झुलेर बस्नु समयको बर्बादी हो। किनकी टेबुलमा उँघेर वा झुलेर आफ्नो निन्द्रा पुरा गर्न सकिँदैन।

पाल्तु जनावरसँग सुत्नेः  एउटा अध्ययन अनुसार पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन् । तसर्थ सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला । यदि यी जनावरहरुले अत्यधिक घुर्छन् भने भेटनरी चिकित्सकको सहयोग लिनुहोस्। यी जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा होइन स्वास्थ्यको हिसाबले पनि उचित छैन।

अलार्म लगाउनेः कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन्। विशेषगरी कलाकार, साहित्यकार तथा लेखकहरुले यस्तो गर्ने गर्छन्। तर यस्तो ‘ब्रोकन स्लिप’ले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्छ।

यस्तो सुताईले तपाई पूर्ण रुपमा सुतेको अनुभूति गर्न सक्नुहुन्न। यसरी सुत्दा तपाईंले अर्को छुट्टै सुत्ने चक्रको तयार गर्नुहुन्छ जुन अपूर्ण हुन्छ जसका कारण दिउसोभर तपाईं कमजोर अनुभव गर्नुहुन्छ। तसर्थ मध्येरातमा अलार्म नबजाउनुहोस्। जरुरी काम छ भने पनि ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस्। सकभर आफैं ब्युतने प्रयास गर्नुहोस्।

अत्यधिक मदिरा सेवनः  कतिपय अत्यधिक मदिरा पिएर सुत्ने गर्छन्। मदिरा सुत्दा निन्द्रा नलाग्ने होइन। तर, यसरी सुतेको निद बहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रुंगो हुन्छ। मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना नदेख्ने पनि यही कारण बताइन्छ। तसर्थ सुत्न जाने बेलामा कहिल्यै पनि मदिरा सेवन नगर्नु उपर्युक्त हुन्छ। एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्छ । सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी लिनुहोस्।

बेडमा प्रविधिको प्रयोगः  एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप इत्यदिको प्रयोग गर्छन् । तर, यी उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइमात्र होइन कतिपय अवस्थामा उत्पादनै गर्दैैनन्। तसर्थ बेडमा जाने बेलामा यी समानमा कफ्र्युु लगाउनुहोस् ।

टेलिभिजन खोलेर सुत्नेः मानिसहरु बेडमा सुतेरै टेलिभिजन हेर्ने गर्छन् । तर, टेलिभिजन खोलेर सुत्दा तपार्इं भोलिपल्ट बिहान ढिलो उठ्ने सम्भावना त छँदैछ तपाईंको निन्द्रामा पनि असर गर्छ। यसरी सुत्दा तपाईंको सुताईको चक्रमा गम्भीर असर गर्नुका साथै गहिरो सुत्न सक्नुहुन्न। कहिलेकाही बत्ति जाने र मध्यरातमा बत्ती आउँदा तपाईंको निन्द्रामा नै झस्कन सक्नुहुन्छ।

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  १० : ०८ बजे

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता

केही नेपाली ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौं । कानून समितिमा विहीबार पनि केही नेपाली ऐनलाई संसोधन

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ  : नवनियुक्त मन्त्री मगर

मकवानपुर । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले