२०८१, १० बैशाख सोमबार

काभ्रेको रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश

काभ्रेको रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश


धुलिखेल, १२ असाेज: काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज १३ वर्षमा प्रवेश गरेको छ ।

जुगल एशोसियसन अफ नेपालले २०६४ साल असोज १२ गतेबाट काभ्रे लगायत राजधानी पूर्वका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियोका रुपमा रेडियो नमोबुद्धले आफ्नो नियमित प्रसारण शुरु गरेको थियो ।

१३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार रेडियोले विशेष कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष भक्त स्याङतानले रेडियोले आफ्नो स्थापना काल देखि नै समुदायलाई आवश्यक पर्ने सुचना दिइरहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । ‘शान्त, समृद्ध र समावेश नेपालको बेग्लै आवाज भन्ने नारा लिएर स्थापना भएको रेडियोले समाजलाई त्यहि बाटोमा डोहोर्याउन सहयोगी भूमिका निर्वाह गरेको छ, अध्यक्ष स्याङतानले भने ‘रेडियोले बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दैँ स्रोताको इच्छा, रुचि र चाहाना अनुसारको सुचना, कार्यक्रम प्रसारण गर्ने छ ।’

हाल दैनिक १३ घण्टा प्रसारण भइरहेको रेडियोले समुदाय केन्द्रित कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिए । ‘रेडियोको माध्यमबाट समाजमा भइरहेका गतिविधि सत्य, निष्पक्ष र यथार्थ परक ढंगले आम स्रोता माज पुर्याउने हाम्रो दायित्वबाट हामी कहिल्यै पछि हड्ने छैनौँ, उनले भने ‘राजनीतिक परिवर्तन देखि विपद्का बेला समेत रेडियोले उचित भूमिका खेलेर काभ्रे लगायत आसपासका नागरिकलाई सुशुचित बनाउन पहरेदारको काम गरेको छ ।’

 

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ७ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने