२०८१, १२ श्रावण शनिबार

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई


धनकुटा, ११ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको स्थापना गर्न धनकुटामा आज आयोजना गरेको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यस्तो बताउनुभएको हो ।

देश सङ्घीयतामा गएकाले सङ्घीय संरचनाबाट जनतालाई सेवाको अनुभूति गराउने क्रममा प्रदेश सरकार रहेको भन्दै उहाँले जनताको भावना र मर्मअनुसार काम गर्ने बेला आएको छ भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो कोसेली दुई वटा शक्तिशाली निर्देशनालय धनकुटाले पाएको भन्दै धनकुटेली जनतालाई बधाई दिनुभएको थियो । पहिले पूर्वाञ्चलकोे सदरमुकाम रहेको धनकुटाबाट अस्थायी राजधानी विराटनगर तोकिँदा आन्दोलित धनकुटेलीको भावनामा निर्देशनालयको स्थापनाले सम्मान पुगेको भन्दै मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी धनकुटा हुन्छ की हुन्न भनेर धेरै चिन्तित नहुन आग्रह गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री राईले देश सङ्घीयतामार्फत नयाँ ढाँचामा जाने क्रममा रहेकाले पुरानो ढाँचाको संरचना सम्झेर राजधानी कहाँ हुने र नामाङ्कन के हुनेमा अल्मलिनु नहुने बताउनुभयो । उहाँले अहिले सानातिना विषयमा अल्मलिँदा प्रदेशको दीर्घकालीन विकासमा समस्या हुन सक्ने भन्दै उच्च मानसिकताका साथ राजनीतिक दल र कर्मचारी जनताको काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षा स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्ने धारणा राख्नुभयो । प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, नीरन राई, कुसुमकुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवान धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदेश सरकारले दुई वटा निर्देशनालय स्थापना गरेकामा सराहना गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ८ : ५७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्