Logo

काभ्रेमा बनेपा महोत्सव शुरु, सुनकोशीमा विजुली हाउसः मन्त्री बास्कोटा



असोज ११ काभ्रे  : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सुनकोशीबाट ५ सय ३६ मेगावाटको विजुली निकाल्नको लागि ५५ करोड रुपैयाँ विनियोजन गरी नापजाँचको काम भइरहेको बताएका छन्

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको अवसर पारी बनेपाको गोदामचोकमा बनेपा ब्वाईज क्लवले आयोजना गरेको ‘बनेपा महोत्सव–२०७५’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

ब्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला सहितको बनेपा महोत्सव आज्बाट शुरु भएको छ । महोत्सवको उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा मन्त्री बास्कोटा बनेपा आएका थिए ।

बास्कोटाको पूर्व पार्टी नेपका ९एमाले० ले पनि सुनकोशीमा विद्युत गृह निर्माण गर्ने महात्वकांक्षी योजनालाई बेला–बेला चर्चामा ल्याउने गरेको थियो । बनेपाको विकासको लागि पुण्यमाता खोला करिडोर र पाँचखालमा सेजको लागि कार्यक्रम गर्ने गरी काम अगाडी बढिरहेको समेत मन्त्री बाँस्कोटाले उक्त अवरमा बताएका छन् ।

त्यसको लागि बनेपा बजारलाई ब्यवस्थित गर्नका लागि सबै क्षेत्रका व्यक्तित्वहरुलाई मिलेर लाग्नका लागि मन्त्री बास्कोटाले आग्रह समेत गरेका थिए । बास्कोटा मन्त्री भएसँगै काभ्रेमा महाभारत पर्वत रेन्च र वुद्ध सर्किट ९नाला–नमोवुद्ध हुँदै तेमालसम्मको रुट० नामाकरण गर्दै पर्यटकीय क्षेत्रको विकासका योजनालाई समेत उनले विशेष चासोका ती योजनालाई अगाडि बढाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बनेपामा रहेको सूचना प्रविधि पार्कमा नेशनल सेक्युरिटी प्रेस सञ्चालन गर्ने तयारी सरकारले गरेको बताएका थिए ।

नेपालीहरुका लागि चाहिने १० अरबभन्दा बढी नागरिकता, नोट, चेक बुक, पासपोर्ट, एटीएम, गाडीको नम्बर प्लेट र सवारी चालक अनुमति पत्र छाप्ने लगायतका सबै कुरा अहिलेसम्म बाहिर देशमा छाप्दै आएकाले देशभित्र नै लगानी गरेर त्यसको सेवा शुरु गर्नका लागि सूचना प्रविधि पार्कलाई प्रयोग गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

त्यसका लागि झण्डै आधा अर्ब खर्च गरेर स्थापना भएको सूचना प्रविधि पार्कलाई प्रयोगमा ल्याउनको लागि यो प्रेस सञ्चालन गर्ने योजना अगाडी सारिएको उनले बताए । यस्तै कामका लािग सरकारी कामको मात्रै करिब आठ अर्ब रुपैयाँ र नीजि क्षेत्रको करिब दूई अर्ब गरी दश अर्ब रुपैयाँ बर्षेनी विदेशीएकाले त्यसलाई देशभित्र नै प्रयोग गर्ने र जसबाट नेपालीहरुले रोजगार समेत पाउने ब्यवस्थाको सुनिश्चित गर्न नेशनल सक्युरिटी प्रेस सञ्चालन गर्न लागेको हो, उनले भने– ‘अहिले बाहिर छाप्दै आइरहेको चिजहरु अनिबार्य भएकाले प्रेस खोल्ने तयारीमा लागेको र त्यसको लागि ३५ देखि ३८ अर्ब रुपैयाँ लाग्ने भएकाले सूचना प्रविधिसँग समेत जोड्ने खालका कामहरु गर्न सरकार लागिरहेको छ ।’

उनले प्रेस सञ्चालन गर्ने काम पैसा र ब्यापारसँग मात्रै जोडिएको कुरा नभइ देशको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासित पनि जोडिएको विषय भएको उनको भनाई छ । उद्योग सञ्चालनमा आएपछि तीन हजारभन्दा बढीले रोजगारी समेत पाउने छन् ।

उक्त अवसरमा बाँस्कोटाले अब बनेपालीले चामल मात्रै बेचेर बाँच्न नसक्ने अवस्था भएको बताउँदै उनले अन्य ब्यवसायतर्फ केन्द्रीत हुन समेत आग्रह गरेका थिए । ‘ग्रामीण सडक नभए गाडी नचलेका कारण बनेपामा विक्री भएको चामल आज कोशीपारि र डाडाँपारिका पसलहरुमा विक्री भइरहेका छन्, त्यसैले बनेपाले अब अन्य नयाँ खालको ब्यवसाय शुरु गर्नुको विकल्प छैन ।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले घोषणा गरे अनुसार देशलाई आर्थिक समृद्ध बनाउने, नागरिकलाई अधिकार सम्पन्न गराउने कार्यमा अगाडि बढिरहेको दावी उक्त अवसरमा गरेका थिए ।

बनेपा र धुलिखेल पर्यटन उद्योगको रुपमा विकास गर्ने उद्धेश्यले नागीडाँडामा एयरपोर्ट बनाउने तयारी गरेको र त्यसको लागि डिपिआर तयार भएर काम अगाडी बढिसकेको छ, कार्यक्रममा उनले भने ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुँमागाईले प्रदेश राजधानीको विषयमा छिट्टै टुंगो लाग्ने र त्यसको उपयुक्त ठाउँ काभ्रेपलाञ्चोक नै भएको निश्कर्ष समेत रहेको बताएका थिए ।

त्यसको लागि आवश्यक प्रक्रियाहरु मिलाउनका लागि प्रदेश सांसद र संघीय सांसदहरु लागिरहेका छने सांसद हुँमागाईले भने । बनेपा महोत्सव आजबाट ११ दिन सम्म चल्ने आयोजकले बताएको छ ।

महोत्सव तथा खेल मेलामा विभिन्न सामग्री सामग्री उपलब्ध हुने १ सय भन्दा बढी ब्यापारिक स्टल राखिएका छन् । महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बाल उद्यान र सांस्कृतिक कार्यक्रमद्वारा आकषसित बनाइने प्रयास भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार