Logo

रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु



रत्ननगर, ९ असोज : चितवनको रत्ननगर नगरपालिकाले आजदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ । सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप आजदेखि वाईफाईसेवा शुरु गरिएको बताउनुभयो ।

पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा वाईफाई सेवा शुरु गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्कसँगको सहकार्यमा शुरु भएको वाईफाई सेवाको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्ने प्रयास गरेको भन्दै इन्टरनेट सेवाबाट सर्वसाधारणले धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

इन्टरनेटको सही सदुपयोग हुनसके बालबालिकाको क्षमता विकासमा ठूलो सहयोग पुग्ने पनि उहाँले बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय कृष्ण खनाल र कञ्चन खनालले नगरपालिकाले सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । यसैबीच आज रत्ननगर–१० मा रहेको वैरीया माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको पढाई शुरु गरेको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सो विद्यालयले पशु विज्ञानको तीनवर्षे स्नातकतहको कक्षा शुरु गरेको हो । आज प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगर नगरपालिका प्रमुख नारायण वनले संयुक्त रुपमा प्राविधिक शिक्षाको उद्घाटन गर्नुभयो । यसअघि पञ्चकन्या माध्यमिक विद्यालयमा इलेक्ट्रोनिक्स इञ्जिनियर र जनजागृति माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरको पढाई शुरु भइसकेको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार