२०८१, १२ बैशाख बुधबार

सामाजिक अभियन्त जीतराम लामाको जीवन र संघर्ष

सामाजिक अभियन्त जीतराम लामाको जीवन र संघर्ष


एसएलसी सकेर डाक्टर बन्ने सपना बोकेर उनी २०४६ सालमा राजधानी प्रवेश गरेका थिए । तर जीवनसँगै बगिरहेको समयले उनलाई समाजसेवातिर डो¥यायो । २०३० सालमा साविकको मादन कुँडारी १ हाल चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मा बुबा हर्कराम लामा, आमा दामोरानी लामाको कोखबाट जन्मिएका समाजसेवी जीतराम लामा हाल गैह्रसरकारी संस्था महासंघ नेपालको कोषाध्यक्षको भूमिकामा छन् ।

अध्ययनमा समाजशास्त्र र ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले कक्षा तीनसम्म गाउँकै स्वथास्नी मावि मादनबाट प्रारम्भिक अध्ययन प्रारम्भ गरेका थिए । त्यसपछि अध्ययन अघि बढाउँदै उनले एसएलसी भने प्रभा उच्च मावि कात्तिके देराउलीबाट गरे ।

विद्यालयको विद्यार्थी जीवनमा नै उनी अनेरास्ववियुको जिल्ला सदस्य भएर भुमिगत राजनीतिमा सक्रिय बनिसकेका थिए । जिल्लाका विद्यार्थीहरुमाझ भूमिगत कालमा नै लोकप्रिय नेताको रुपमा परिचय बनाएका लामाले विद्यालय तहमा हुँदा विद्यार्थी हकहितका लागि गरिएको अभ्यास र अनुभवलाई जोड्दै २०४७ मा त्रिचन्द्र कलेजको ईकाई कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैताका उनी अनेरास्ववियुको काठमाण्डौ जिल्ला सदस्य छानिए जतिबेला त्रिचन्द्र क्याम्पसमा बायोलोजी मुख्य विषय लिएर साइन्स पढ्दै थिए । राजनीतिलाई निरन्तरता दिने क्रममा उनले पार्टी जिल्ला कमिटीको काभ्रेको साँस्कृतिक फाँटमा रहेर पनि त्यतिबेलै रचनात्मक भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि अध्ययन, समाजसेवा र उनले संगसंगै अघि बढाए । पार्टीमा साँस्कृतिक फाँटको जिम्मेवारी छँदैथियो । विद्यार्थी राजनीतिका संगै राजनीतिलाई त्यही जिम्मेवारीमा रहँदा उनले नाटक र गीत मार्फत बस्तीहरुमा राजनीतिक चेतना जगाउने कामलाई निरन्तरता दिएका थिए ।

सामाजिक जागरणको अभियानकै क्रममा बिएस्सी पढ्दै गर्दा गाउँकै सीर्जनशील जनता उच्च माविमा (तत्कालिन महेन्द्र मावि ) मादन कुडारीमा २०५० देखि ६ वर्षसम्म पेशाहरुमध्येकै उत्कृष्ठ पेशा शिक्षणमा जोडिएका थिए । त्यही समय उनले गाउँको युवाक्लव मार्फत  सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

शिक्षक हुदाँ पनि राजनीतिक आस्था भने उनको कायम रह्यो । उनी शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको जिल्ला सदस्य भए । त्यही बेला प्ररायुसंघको जिल्ला कमिटी र पार्टीको गाउँ कमिटी हुदैँ इलाका सचिवको जिम्मेवारी समेत बहन गरेका थिए ।  सक्रिय पार्टी राजनीतिमा लाग्ने क्रममा उनले नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य, केन्द्रीय लेखा परीक्षण आयोगमा पनि उनले जिम्मेवारी वहन गरेका थिए । ।

२०५६ सालपछि भने शिक्षण पेशा छाडेर उनी पूर्णरुपमा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भए । शुरुमा आर्सो नेपालको खानेपानी सरसफाई आयोजनामा कार्यक्रम संयोजकको रुपमा काम गरेका उनले सामाजिक संस्था जिल्ला समन्वय समिति काभ्रेमा युनिसेफको आर्थिक सहयोगमा सञ्चालित डकाउ कार्यक्रमको कार्यक्रम अधिकृतको रुपमा काम गरेका थिए । यसैक्रममा उनले सामाजिक संस्था जिल्ला समन्वय समिति काभ्रेको  कोषाध्यक्षको जिम्मेवारी समेत सम्हाले ।

सामाजिक काममा थप सक्रियताका साथ अनुभव संगाल्दै आएका लामा २०६० सालमा गैरसरकारी संस्था महासंघ नेपाल काभ्रे जिल्ला शाखाको सदस्य बने । शाखामा उनले उपाध्यक्ष हुदैँ २०६६ सालमा काभ्रे जिल्ला अध्यक्षका अनुभव संगालेका लामा २०६९ सालमा महासंघको केन्द्रीय सदस्य हुदैँ २०७२ सालको ८ औँ केन्द्रीय अधिवेशनबाट कोषाध्यक्ष बनेर काम गरिरहेका छन् ।

जीवनलाई व्यस्त बनाउने अभियानमा उनले आफूलाई २०६६ सालदेखि नै दर्तावाला लेखा परीक्षकको रुपमा समेत आफ्नो परिचय स्थापित गरिसकेका छन् । जिल्लामा रहेको अडिटर्स एशोसियशन नेपाल काभ्रेको उनी सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी लामाले सम्हालेका थिए ।

२०६३ देखि ६७ सालसम्म एडिबीको सहयोगमा सञ्चालन भएको सामुदायिक खानेपानी तथा सरसफाई आयोजनामा परामर्शदाताको रुपमा नेपालको पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रमा लामाले सेवा गरेका थिए । त्यस्तै अन्य विभिन्न सामाजिक संघ/संस्थामा रहेर परामर्शदाता र अनुसन्धानकर्ता, प्रशिक्षणको अनुभव पनि उनीसँग रहेको छ ।

गैह्रसरकारी संस्थाका कार्यक्रमकै सिलसिलामा युरोपको फ्रान्स, बेल्जियम, जर्मनी, स्वीटजल्याण्ड, अमेरिका, दक्षिण अफ्रिका, कोरिया, जापान, चिन, थाइल्याण्ड, सिँगापुर, मलेसिया, भूटान लगायतका देशको समेत उनले विकासका मोडलका विषयमा अध्ययन अनुसन्धानको अनुभव संगालेका छन् ।

सामाजिक संघ/संस्थामा रहेर काम गर्दा ग्रामीण क्षेत्रमा खानेपानीको चरम अभाव झेलेका बस्तीहरुमा खानेपानीको सुविधा पुर्याउन पाउँदा आत्मसन्तुष्टी मिलेको उनी बताउँछन् । जनताको माग र आवश्यकतामा आधारित भएर योजना साञ्चालन गर्न सकिएमा जनताको राम्रो सहभागिता हुने उनको अनुभव छ ।

उनले भूकम्पपछि विपतमा परेका सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी  थाङपालका प्रभावितलाई विपदमा राहत संकलन गरेर अति आवश्यक सरसाम्रगी पु¥याउन सकेकोमा खुशी व्यक्त गर्दछन् ।

सामाजिक सेवाको अभियानमा उनले दौडधुप गरेको पनि २५ वर्ष भयो । स्थायी शिक्षण पेशाललाई छोडेर सामाजिक अभियानमा लाग्ने दौरानमा जनतासँग निकै नजिक रहेर उनले अनुभव संगालेका छन् । जनताको आवश्यकताको अध्ययन र समाधान गर्ने उपायको खोजी गर्ने शिक्षा आफूले सामाजिक गतिविधिबाटै प्राप्त गरेको उनी बताउँछन् ।

जुनसुकै कामलाई पनि महत्व दिएर निरन्तर लागिपरे मात्रै सफलता प्राप्त गर्न सकिन्छ भन्ने नै मूख्य सिकाई रहेको उनको अनुभव छ । हामी पनि गर्न सक्छौँ, सम्भावना छ, सकारात्मक साेंचका साथ अघि बढ्ने हो भने सफलता मिल्नेमा शंका छैन, उनी निर्धक्क भएर बताउँछन् । दुःख पनि एउटा जीवनको उर्जा हो, जसले मानिसलाई सिकाई रहेको हुन्छ ।

त्यसैले दुःखलाई सम्झिरहनु र दुःखमा अल्भिंmनुभन्दा पनि दुःखलाई उर्जाको रुपमा लिएर अघि बढ्नुपर्छ । त्यसपछि हामीले खोजेको सफलताले हामीलाई पछ्याउने उनको बुझाई छ । जीवनमा संघर्ष गरेपछि मात्र सफलता हात पर्छ,असफलताबाट डराउनु हुन्न ।

दिगो विकासको लक्ष्य पूरा गर्ने काममा सहयोगी भएर अघि बढिरहेको लामा संवद्ध संस्थाले खानेपानी र सरसफाई, शिक्षा, स्वास्थ्य र जीविको पार्जन, कृषि लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ । हरेक सामाजिक संघसंस्थाहरु सुशासित, पादर्शी, जवाफदेही बन्नुपर्ने उनको ठम्याई छ ।

संस्थागत दिगोपनका लागि पनि सोच्नुपर्ने बेला आएको उनी बताउँछन् । परियोजनाको मात्रै दिगोपना सोच्नुभन्दा पनि संस्था दिगो भयो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा हेर्ने दृष्टिकोण फरक हुने उनको बुझाई छ ।

 

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने