२०८१, ६ कार्तिक मंगलबार

राती नुहाएर सुत्दा शरिरलाई हुन्छ यस्ता उत्कृष्ट फाइदा

राती नुहाएर सुत्दा शरिरलाई हुन्छ यस्ता उत्कृष्ट फाइदा


काठमाडौं असोज ७ : नेपाली समाजमा धेरैले बिहान नुहाउँछन् । राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै शरिरलाई फाइदा पुर्याउँछ ।

१ सुन्दरताका लागि  :  चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ ।

२ मोटोपना :  आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राती सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ ।

३ मिठो निन्द्रा :  तनावका कारण धेरैलाई राती निन्द्रा नलाग्ने समस्या हुनसक्छ । यदि यस्तो समस्या छ भने राती सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राती राम्रोसँग निन्द्रा लाग्छ ।

४ रोग प्रतिरोधात्मक क्षमता :  सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ । यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ ।

५ उच्च रक्तचापमा :  जसलाई उच्च रक्तचाप छ, उनीहरुले राती सुत्नु अघि नुहाउनुपर्छ । ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पुर्याउँछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : ३५ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि