२०८०, १६ आश्विन मंगलबार

कांग्रेसको झण्डा बोक्दै नाराजुलुसमा शिक्षक

कांग्रेसको झण्डा बोक्दै नाराजुलुसमा शिक्षक


राजविराज : नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट आइतबार निस्केको जुलुसमा जिल्लाका दर्जन भन्दा बढी शिक्षक पनि सहभागी भएका छन् ।उनीहरु पढाउन छाडेरै पार्टीले आह्वान गरेको आन्दोलनमा आएका हुन् । निर्मला पन्तको हत्यारालाई दण्डित गर्न माग गर्दै उनीहरु नेपाली कांग्रेसको झण्डा सहित जुलुसमा सहभागी थिए ।कांग्रेसको भ्रात्रृ संगठन नेपाल शिक्षक संघ र ट्रेड युनियनको नेतृत्वमा उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

कांग्रेसनिकट शिक्षक संघ र नेपाल ट्रेड युनियन संघ सप्तरीले निर्देशन गरेकाले जुलुसमा सहभागी हुन आएको राष्ट्रिय प्रावि राजविराज ८ का प्रधानाध्यापक रिता पाण्डेले बताइन् ।जुलुसमा प्रअ पाण्डेसहित सोही विद्यालयका शिक्षक रन्जना यादव, राप्रावि रन्जितपुरकी शिक्षक जन्जिरादेवी यादव, जनता आधारभुत विद्यालयका शिक्षक मनोज मण्डललगायत एक दर्जन बढी शिक्षक आएका हुन् ।

उनीहरु अधिकांशले कांग्रेसको झण्डा बोकेरै नाराजुलुस गर्दै हत्यारालाई कारवाही गर्न र गृहमन्त्रीको राजिनामा माग्दै नारा लगाएका थिए ।सप्तरी कांग्रेस सभापति दिनेश यादवको नेतृत्वमा निक्लिएको जुलुसमा २ नम्बर प्रदेशका सांसद गीतादेवी यादव, शम्भुनाथ नगरपालिका उपप्रमुख कविता सरदार, विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, उपाध्यक्ष जन्जिरा यादव, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवसँगै विभिन्न जनवर्गीय संगठनका पदाधिकारी थिए।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : २२ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका