२०८०, ५ आश्विन शुक्रबार

काभ्रेका मृगौला पीडित दुर्गा तामाङ बचाउन चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुने

काभ्रेका मृगौला पीडित दुर्गा तामाङ बचाउन चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुने


काठमाडौँ, ५ असोज : काभ्रेको तेमालका मृगौला पीडित दुर्गा तामाङलाई सहयोगका लागि तामाङ चलचित्र दोखाङको च्यारिटी शो पोखरामा हुने भएको छ ।

तामाङ नायिका रोशनी ब्लोनले अभिनय गरेको तामाङ चलचित्र दोखाङ शनिबार पोखराको बिन्दाबासीनि चलचित्र हलमा विहाना ८ बजे प्रदर्शन हुने नायिका रोशनी ब्लोनले जानकारी दिएका छन् ।

काभ्रे र काठमाडौंको आसपासमा सुटिङ भएको चलचित्र दोखाङ तामाङ समुदायले शिक्षालाई प्रथामिकता दिनुपर्ने विषयवस्तुमा आधारित रहेको आयोजकले जनाएको छ ।

चलचित्रमा प्रमुख भुमिका रोशनी ब्लोन रहेको छ भने सुनिता लुङबा र सीता लामाले पनि नायिकाको भुमिकामा साथ दिएका छन् । यसैगरी निर्मल स्याङतान र कुन्साङ मोत्तानले नायाकको भुमिकामा खेलेका छन् ।

मान बहादुर तामाङ र निमा थिङको लगानीमा निर्माण भएको यो चलचित्रको कथा भने रबिता थिङको रहेको छ । संगीत चन्द्र कुमार दोङले दिनु भएको छ । पाँच वर्ष अगाडी निर्माण भएको तामाङ चलचित्र दोखाङ दर्शकहरुले अति रुचाएका थिए ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ९ : १४ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो