२०८१, ७ कार्तिक बुधबार

यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान


काठमाडौं, असोज ५ : दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न ।

रिपोर्ट अनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । त्यस्तै, घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ । तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछन् ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ७ : ०९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि