Logo

फिलिपिन्समा पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता



नागा, फिलिपिन्स, ४ असोज: फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् । फिलिपिन्समा गत हप्ता आएको आँधीले छोडेका घाउ निको हुन नपाउँदै मनसुन बर्षापछि चुना र माटोसहितको भिरालो जमिन भत्किँदा कम्तीमा दश घरहरू पुरिएका छन् ।

फिलिपिन्समा हालै आएको म्याङ्कुट नामक आँधीमा ८८ जनाको ज्यान गुमेको थियो भने अझै केही वेपत्ता रहेका छन् । बिहीबार बिहानै पर्यटकीय टापूस्थित रहेको टिना–एन गाउँमा गएको पहिरोमा परी थुप्रै घरहरू परेको सूचनासँगै आपतकालीन सेवाका लागि सुरक्षाकर्मीको दर्जनौ उद्धारकर्मीहरू, स्थानीय जनता तथा संघसंस्था घटनास्थलमा पुगेका छन् । आँधीपछि फिलिपिन्सको उत्तरी क्षेत्र आक्रान्त बनिरहेका समय निरन्तरको बर्षापछि गएको पहिरोमा १० बटा घर परेको र चारतलासम्म घरहरूलाई पहिरोले पुरेको प्रत्यक्षदर्शी जोन राय रेपुएस्टो इकाभेजले बताउँनुभयो । उहाँका अनुसार पहिरोमा परेका १२ जनाको मृत शरीरलाई पहिरोबाहिर निकालिएको छ भने पहिरोमा अझै दर्जनौ स्थानीयहरू पसेका छन् ।

इकाभेजले एएफपीसँग भन्नुभयो, “मेरो छिमेकी आफ्नी दिदीको घर अगाडी रोइरहेकी थिइन् । उनको दिदीको घरको कुनै सदस्य पनि भेटिएका छैनन् । घरको नाम निशानै देखिँदैन ।” प्रत्यक्षदर्शी अर्का एक स्थानीयले भने, “पहिरोमा परी घाइते अवस्थामा परेका केही व्यक्तिलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । १२ जनाको मृत शरीर भेटिएको छ भने करिब ५० जना सम्पर्कबाहिर रहेका हाम्रो अनुमान रहेको छ ।”

घटनास्थलमा करिब १०० जनाभन्दा बढी व्यक्तिले एक्सकाभेटर तथा अन्य ठूला उद्धारसामग्रीको सहयोगमा उद्धारको काम गरिरहेका छन् । उक्त क्षेत्रका नागरिक सुरक्षा मामिला हेर्ने अधिकारीले सेबु पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपजन्य घटना विरलै हुने गरेको क्षेत्र भएको र उक्त क्षेत्र हालैको आँधीमा पनि सुरक्षित रहेको क्षेत्र रहेको बताए ।
-रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार