दशैंमा घर जानेहरुलाई खुशीको खबर, असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं उपत्यकाबाट दसै मनाउन आफ्नो जन्मघर जाने यात्रुहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन् ।
आइतबार सरकार र यातायात व्यवसायीकोे बार्तापछि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न ब्यवसायीहरु तयार भएका हुन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।