२०८०, १७ आश्विन बुधबार

सुर्खेत–नेपालगञ्ज सडक बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते

सुर्खेत–नेपालगञ्ज सडक बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते


सुर्खेत, ३० भदौ  रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् ।

नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस आज दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उहाँले बताउनुभयो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । प्रहरी निरीक्षक बिसीका अनुसार गम्भीर घाइते बिरामीको नाम, वतन आउन बाँकी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ६ : ०८ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू