Logo

कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ : प्रचण्ड



भक्तपुर, २९ भदौ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताउनुभएको छ । नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।

विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उहाँको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उहाँले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राख्नुभयो । अध्यक्ष दाहालले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताउनुभयो ।

यही भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजदेखि पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गर्नुभयो । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार