२०८०, ४ आश्विन बिहीबार

चितवनमा विद्युत चोर्ने ३०२ जनाई कारवाही २८ लाख राजश्व सङ्कलन

चितवनमा विद्युत चोर्ने ३०२ जनाई कारवाही २८ लाख राजश्व सङ्कलन


चितवन, २८ भदौ नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ ।
विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।

कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।

तथ्याङ्कअनुसार अघिल्लो आवमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताउनुभयो । कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार १०० जनाको पुनः जडान गरिएको महतोले बताउनुभयो । पुनः जडान गर्ने सेवाग्राहीबाट रु दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ ।

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । गत आवमा सात हजार नयाँ ग्राहक थपिएका छन् । यो सँगै केन्द्रका ग्राहकको सङ्ख्या ८० हजार १९९ पुगेका छन् ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  २ : ०३ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका