२०८१, १२ श्रावण शनिबार

दुबई जानुपर्ने निगमको विमान उड्याे मलेसियातिर !

दुबई जानुपर्ने निगमको विमान उड्याे मलेसियातिर !


काठमाडौं, भदौ २६ : पर्यटन प्रबर्द्वनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वजाबाहक एरलाइन्सको आइतबार रातिको दुबई उडान रद्द गरेर विमान सोमबार मलेसिया लगिएको छ।

नेपाल वायु सेवा निगमको उच्च स्रोतका अनुसार, उक्त मेलामा भाग लिन निगमको कार्पोरेट विभागका रविन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे नौ बजे काठमाडौंबाट उडेको कान्तिपुर दैनिकमा समाचार छ।

यसमा निगमका ४ कर्मचारीसहित पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन्। १ सय ५८ सिट क्षता भएको उक्त न्यारो बडी एयर विमानमा ६५ जना अन्यले टिकट काटेका यात्रु रहेका छन्।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ७ : २० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्