२०८०, १७ आश्विन बुधबार

बौद्ध स्तूपमा ढल निर्माण गरिने

बौद्ध स्तूपमा ढल निर्माण गरिने


काठमाडौँ, २५ भदौ । काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा हुने डुवान नियन्त्रण गर्न करीब रु एक करोड २७ लाख खर्च गरेर ढल निर्माण गर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज बौद्ध स्तूप क्षेत्रको अवलोकन गर्दै स्तूप क्षेत्र डुबानमुक्त बनाइने आश्वासन दिनुभयो । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पु¥याइने छ ।

अवलोकनपछि प्रमुख शाक्यले नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका यस्तो खालको समस्या नियमित भएकाले आगामी दिनमा नयाँ संरचना निर्माण गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालोपत्रे हुने बताउनुभयो । सो समस्या समाधानका लागि करीब ३०० मिटर दूरीमा भूमिगत ढल बिछ््याइने योजना रहेको वडाका इञ्जिनीयर शंखनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमन बौद्धद्वार, स्तूप परिसर, बौद्ध फूलबारी तथागत मार्ग, रामहिटी, धाराटोलमा गरिएको थियो । प्रमुख शाक्यसँगै महानगर प्रमुखका सल्लाहकार राजेन्द्र स्थापित, वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामालगायत जनप्रतिनिधि र कर्मचारी बौद्ध स्तूप क्षेत्रको अनुगमनमा जानुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ६ : ३५ बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ