२०८१, ३१ बैशाख सोमबार

धरापमा मोटरेवल पुल

धरापमा मोटरेवल पुल


ताप्लेजुङ, २५ भदौ : गएरातिदेखि परेको अबिरल वर्षाका कारण पहिरो झरेपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ र २ लाई जोड्ने मोटरेवल पुल जोखिममा परेको छ । सिनाम र आम्बेगुदिनको सिमानामा पर्ने नेउखोलाको उक्त पुलको दुबै तर्फका जीपको आसपास माथिबाट पहिरो झरेपछि उक्त पुल जोखिममा परेको हो ।

पहिरोले दुबै तर्फको ग्याबिङ जाली बगाएको स्थानीयवासी भीम थेवेले जानकारी दिनुभयो । बाटोसमेत पहिरोले अवरुद्ध बनेपछि आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्ला बाहिर जाने सवारी साधनबीच बाटोमा नै रोकिएका छन् ।

अन्यत्र ठाउँबाट आम्बेगुदिन तर्फ जाने दर्जनांै सवारी साधनसमेत सिमानामै रोकिएको बताइएको छ । सो क्षेत्रमा तत्काल बाटो खुल्ने सम्भावना न्यून रहेको स्थानीयवासीको भनाइ छ । यता वर्षाकै कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको काबेली फुङलिङ सडक खण्ड बिहानैदेखि अवरुद्ध छ । गएरातिकै वर्षाका कारण मेवाखा र सेसम्बु बीचमा पर्ने भाडी खोल्सामा आएको बाढीका कारण राजमार्ग अवरुद्ध बनेको हो । खोल्सामा पानीको मात्रा बढेको र माथिबाट ढुङ्गा गिटी आएर बाटोमा थुप्रिएकाले सवारीसाधन ओहोरदोहोर बन्द भएको जिल्ला प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरले बताउनुभयो ।

पानीको मात्रा नघटेसम्म सवारी साधन ओहोरदोहोर गर्नसक्ने अवस्था नरहेको मगरको भनाइ छ । यस्तै उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानैदेखि बाटो अवरुद्ध बनेपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा बाहिरिने र जिल्लामा भित्रने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । ताप्लेजुङमा गएरातिदेखि परेको वर्षा अहिले पनि जारी छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ५ : ३२ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको