२०८१, १० बैशाख सोमबार

हुलाक सेवालाई प्रविधिमैत्री बनाउछु : मन्त्री बाँस्कोटा

हुलाक सेवालाई प्रविधिमैत्री बनाउछु : मन्त्री बाँस्कोटा


काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको हुलाक सेवालाई पूर्वाधारयुक्त एवं आधुनिक प्रविधिमैत्री बनाउने बताउनुभएको छ । विश्व हुलाक सङ्घको दोस्रो असाधारण कङ्ग्रेसमा सहभागी भई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको उच्चतम प्रयोग गरी हुलाक सेवाको पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्ने बताउनुभयो ।

सम्मेलन इथियोपियाको आदिस अबाबामा यही भदौ १८ देखि २२ गतेसम्म आयोजना भएको थियो । सम्मेलनका क्रममा नेपालको तर्फबाट हुलाक क्षेत्रले भोगेका समस्या, नयाँ प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा घट्दो राजश्वलाई कसरी वृद्धि गर्ने भन्नेबारे जोडदार कुरा उठाएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घको १४४ वर्ष लामो इतिहासमा ४० वर्षपछि केही मुख्य मुद्दामा सर्वसम्मतिले समझदारी भएको छ । नयाँ प्रविधिका कारण हुलाक क्षेत्रका समस्या कसरी सम्बोधन गर्ने र यसको विविधिकरण गरी हुलाक सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्बन्धित देशले भोगेका समस्याको समाधानका विषयमा पनि भलफल भएको छ ।”

कङ्ग्रेसको मन्त्रीस्तरीय सत्रमा सञ्चारमन्त्री बास्कोटाले सम्बोधन गर्नुहुँदै हुलाक क्षेत्रमा भइरहेको परिवर्तन, भोग्नुपरेको समस्या, प्रविधिमा आएको परिवर्तनले ल्याएको अवसर तथा विश्व हुलाक सङ्घले गर्ने गरेको निर्णयप्रति नेपालको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । साथै, नेपालमा हुलाक सेवामा गर्नुपर्ने सुधार तथा भोग्नुपरिरहेको समस्याबारे उल्लेख गर्दै हुलाक सेवाको विकासबाट नेपालले लिएको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली प्राप्त गर्न सघाउ पुग्नेमा सञ्चारमन्त्रीको विश्वास थियो ।

सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटा र विश्व हुलाक सङ्घका महानिर्देशक विशार ए हुसेनबीच शिष्टाचार भेटवार्ता भएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, सङ्घले हुलाक प्रशासनमा समयसापेक्ष सुधारका लागि गर्दै आएको सत्प्रयासका निम्ति महानिर्देशकलाई धन्यवाद दिँदै मन्त्री बाँस्कोटाले नेपालको हुलाक सेवाको आधुनिकीकरणमा सङ्घको सद्भावको अपेक्षा गर्नुभएको थियो ।

सञ्चारमन्त्री बाँस्कोटाले सोही कङ्ग्रेसमा जापानी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका जापानको आन्तरिक मामिला तथा सञ्चार उपमन्त्री कात्सुया वातानाबेबीच भेटघाट भएको थियो । भेटको क्रममा नेपाल र जापानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध र सञ्चारका क्षेत्रमा हुनसक्ने सहयोगका बारेमा कुराकानी भएको थियो । विशेषतः जापानको हुलाक सेवाले प्राप्त गरेको लोकप्रियता र उपलब्धिबाट नेपालले हुलाक प्रशासनमा कस्तो सुधार गरेर अघि बढ्न सकिन्छ भन्नेबारे कुराकानी भएको थियो ।

मन्त्री बाँस्कोटाले नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा जापानसँग सहकार्य गर्न इच्छा व्यक्त गर्नुभएको थियो भने जापानी उपमन्त्रीले नेपालसँग हुलाक सुधारलगायतका सबै क्षेत्रमा सँगसँगै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उक्त अवसरमार मन्त्री बाँस्कोटाले जापानी उपपन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको थियो ।

जापान र भियतनामले हुलाक क्षेत्रमा सहयोग गर्ने बचन दिएकाले यो क्षेत्रमा केही परिवर्तनको सम्भावना देखिएको मन्त्री बाँस्कोटाको भनाइ छ । विश्व हुलाक सङ्घको सम्मेलनमा अहिलेसम्म मन्त्रीस्तरको सहभागिता नरहेको र नेपालले सङ्घमा आवद्धता भएको ५६ वर्षे इतिहासमा पहिलो पटक मन्त्रीस्तरीय सहभागिता जनाएको हो । विसं २०१३ मा नेपाल सङ्घको सदस्य भएको थियो । सम्मेलनमा ३५ देशका मन्त्री १४२ देशका प्रतिनिधिमण्डल र १९२ सदस्य राष्ट्रको उपस्थिति थियो ।

सम्मेलनका यी उपलब्धि
चालीस वर्षको इतिहासमा प्रथम पटक सर्वसम्मत रूपमा विश्व हुलाक सङ्घको सुधारका लागि सङ्घको प्रभावकारिता बढाई थप सशक्त र सबल बनाउन सदस्य राष्ट्रहरूबीच सहमति भएको छ । सङ्घको दिगो र सहज सञ्चालनको लागि स्थायी र भरपर्दो योगदान नीति (सदस्य राष्ट्रहरूले वार्षिकरूपमा तिर्नुपर्ने सदस्यता शुल्क) तर्जुमा गर्ने क्रममा थप अध्ययन र परिमार्जनका साथ आइभरीकोष्टमा सन् २०२० मा हुने यूपियु कङ्ग्रेसमा प्रस्ताव पारित गर्ने सहमति भएको छ ।

न्यून आय, दुई लाखभन्दा कम जनसङ्ख्या तथा अल्पविकसित राष्ट्रका लागि बेग्लै किसिमको योगदान नीति बनाउने सहमति भएको र यो प्रस्ताव लागू हँुदा हालसमम १४ साना देशले फाइदा लिनसक्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो । आर्थिक सम्पन्नता बढी भएका मुलुकले सङ्घमा बढी योगदान गर्ने र कमजोर मुलुकको योगदान घटाउने सहमति भएको छ । चालीस वर्षपछि नेपालको सशक्त उपस्थिति रहेको सम्मेलनमा नेपालसहित १६ देशका मन्त्रीले धारणा राख्नुभएको थियो ।

नेपालको हुलाक प्रशासन सुधार गर्न विश्व हुलाक सङ्घले प्राविधिक सहयोग गर्ने गरी यूपियुका महानिर्देशकसँगको वार्ताबाट सहमति भएको छ । यसै सन्दर्भमा जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका उपमन्त्री र भियतनामका सूचना तथा सञ्चार मन्त्रालयका उपमन्त्रीसँगको बेग्लाबेग्लै वार्तामा नेपालको हुलाक प्रशासनमा सुधारका लागि आवश्यक सहकार्य र सहयोग गर्ने गरी सहमति बनेको मन्त्रालयले जनाएको छ । (तस्बीर र श्रव्य सामग्री उपलब्ध छ)
-रासस

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ६ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने