२०८०, १६ चैत्र शुक्रबार

संसदको ल्यापटप पनि छाडेनन् नेताले

संसदको ल्यापटप पनि छाडेनन् नेताले


काठमाडौं, भदौ २३ : राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन ।
संबिधानसभा भंग भएको १० महिना बितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेका ल्यापटप अधिकांशले फिर्ता नगरेको संसदको स्टोर शाखाका प्रमुख बिनोदकुमार मालीले बताउनुभयो ।

‘खबर गरेका छौं, धेरै भनिरहन पनि मिलेन’ मालीले भन्नुभयो– उहांहरु आफैंले जानेर बुझाउनु पर्ने हो ।’ मालीले नियम अनुसार सुविधा लिनु स्वभाविक भएपनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक भएको बताउनुभयो । मालीले क–कसले फिर्ता गरेनन् भन्ने बारेमा नाम खुलाउन चाहानु भएन । मालीले सूचना अधिकारीबाट आधिकारिक सूचना लिन भनेपनि सूचना अधिकारी केशव अर्यालले आफूले पटकपटक स्टोर शाखाबाट जानकारी माग्दा पनि नपाएको बताउनुभयो । संविधानसभाका प्रमुख ३ दलका प्रमुख सचेतक र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताले ल्यापटप लगेका थिए ।

२०७४ असोज २८ गते संबिधान सभाको बैठक बिधिवत रुपमा अन्त्य भएको थियो । महोत्तरी–४ बाट निर्वाचित स्वतन्त्र सांसद् चन्देश्वर झाले बैठक सकिएको केही दिनमै ल्यापटप फिर्ता गर्नुभएको थियो । स्वकीय सचिवमार्फत पठाइएको ल्यापटप बुझाएपछि झाले भन्नुभयो – २÷४ दिन बढी राख्दैमा केही हुने होइन, आलोचना आउला कि भनेर छिटै जिम्मा लाएँ ।’ संविधानसभा गठन हुँदा ३० वटा दल र २ स्वतन्त्र सांसद् थिए । अन्तिममा पार्टी एकता भएपछि दलको संख्या घटेको थियो भने कपिलबस्तुबाट निर्वाचित सांसद अतहर कमाल मुसलमान पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

अहिले संसद सचिवालयको सवारी साधान व्यवस्थापन शाखाले प्रतिनिधिसभातर्फ नेकपाका प्रमुख सचेतक र सचेतक, नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकका साथै सत्ता पक्षका नेता र विपक्षी दलका नेतालाई सवारी साधन उपलव्ध गराएको शाखा अधिकृत नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यसअघिको संविधानसभाबाट सुविधाका नाममा लगेका सबै सवारी फिर्ता भइसकेको कार्कीले बताउनुभयो । राष्ट्रियसभातर्फ सत्तापक्षका प्रमुख सचेतक, प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकका साथै अन्य २ दल राष्ट्रिय जनता दल (राजपा) का प्रमुख सचेतक र सघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतकलाई सुविधाको गाडी उपलव्ध गराइएको छ ।

सचिवालयमा विभिन्न किसिमका सवारी साधन रहेको र कतिपय बिग्रेर कामै नलाग्ने गरी थन्किएको कार्कीले बताउनुभयो । शाखाले १८ वटा गाडी लिलामीको लागि सूचना प्रकाशित गरिसकेको छ भने अर्को चरणमा लिलामीमा पर्ने गाडीको संख्या पनि १८ नै छ । मन्त्रिपरिषद्को पटक–पटकको बैठकले पूर्व सभामुखलाई सवारी दिने निर्णय गरेको थियो । रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीले गाडी प्रयोग गर्दै आउनुभएको सचिवालयको रेकर्डमा उल्लेख छ ।

पौडेल २०५१ सालको प्रतिनिधिसभाको, नेम्वाङ २०६३ को पुर्नस्थापित संसद, २०६४ को पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभाको पनि सभामुख हुनुहुन्थ्यो । त्यसैगरी घर्ती २०७२ सालको नयां संविधान बनेपछि सभामुख बन्नुभएको थियो । उहाँ त्यसअघि उपसभामुख हुनुहुन्थ्यो । पूर्व सभामुखहरु दमननाथ ढुंगाना, तारानाथ रानाभाटले पछिल्लो समयमा मन्त्रिपरिषद्बाट निर्णय गराएर गाडी सुविधा लिनुभएको छैन, यो सुविधामा गाडीबाहेक अरु केही पनि सुविधा उपलव्ध गराइएको छैन ।

संसद् प्रवक्ताविहीन
संघीय संसद् सचिवालय प्रवक्ता विहीन भएको छ । प्रवक्ता समेत रहनुभएका प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका सह–सचिव डा. भरतराज गौतम सचिव भएपछि नयाँ प्रवक्ता तोकिएको छैन । गौतमको ठाउँमा बंशीराज पौडेल आउनुभएको छ ।

सचिवालयमा सहायक प्रवक्ता तथा सूचना अधिकारी केशव अर्याल रहनुभएको छ । ‘महासचिवले कसैलाई जिम्मेवारी दिए हुने हो खोई किन हो ढिलो भएको छ’ एक कर्मचारीले भने । सामान्यतया प्रशासन महाशाखाका सहसचिवलाई प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेको छ । असोजमा हिमलाल सुवेदी सचिवबाट अवकाश हुने भएकाले त्यो ठाउँमा ध्रुवप्रसाद घिमिरे बढुवा हुनुहुने भएको छ । सचिवालयमा ४ सचिव, १२ सहसचिव छन् ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ६ : ४३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय