२०८१, ११ बैशाख मंगलबार

मेलम्चीमा नदीजन्यपदार्थ उत्खनन नौ स्काभेटर नियन्त्रणमा

मेलम्चीमा नदीजन्यपदार्थ उत्खनन नौ स्काभेटर नियन्त्रणमा


मेलम्ची, २२ भदौ : नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिनुभयो । यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ ।

यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको अनटेष्ट स्काभेटर र हेलम्बु गाउँपालिका–२ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२नम्बरको मिनीट्रक पनि कारवाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ । सरकारले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गिरोह सक्रिय हँुदै आएकाछन् ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : १४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने