२०८१, १२ श्रावण शनिबार

शहीदको योगदान बिर्सन हुँदैन :देउवा

शहीदको योगदान बिर्सन हुँदैन :देउवा


चितवन, १७ भदौ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पु¥याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताउनुभयो । देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उहाँको भनाइ थियो । देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताउनुभयो ।

शहीदहरुले दिएको योगदानलाई आफ्नो पार्टीले कहिल्यै नबिर्सने बताउँदै उहाँले भन्नुभयो, “काङ्ग्रेस र देशले नै उहाँहरुले दिएको योगदानलाई कहिल्यै बिर्सनेछैन । उहाँहरुको सन्तानलाई पार्टीले सधैँ सहयोग गर्नेछ ।” सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतको सम्बन्ध पुरानो रहेको भन्दै आगामी दिनमा अरू प्रगाढ बन्दै जाने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले शान्ति र समृद्धि प्राप्ति गर्न सके मात्र शहीदहरुप्रति श्रद्धा हुने बताउनुभयो ।

विसं २००७ देखि २०४६ सालसम्म शहादत प्राप्त गरेका शहीद परिवारलाई नेपाली काङ्ग्रेसका सभापति देउवा र भारतीय राजदूत पुरीले सम्मान गर्नुभएको थियो । विसं २००७ साल चितवनको पहिलो शहीद बन्नुभएका धर्मध्वज गुरुङ, २०१८ सालमा शहादत प्राप्त गर्नु हुने इमानसिंह गुरुङ, लालध्वज गुरुङ, बुद्धसिंह लामा, हरिबहादुर गुरुङ, शेरबहादुर गुरुङ, खेमबहादुर गुरुङका र २०४६ सालमा शहादत प्राप्त गणेश पौडेलको परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : ०९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्