२०८१, १२ बैशाख बुधबार

बर्दियामा बस दुर्घटना: एकको मृत्यु,सात घाइते

बर्दियामा बस दुर्घटना: एकको मृत्यु,सात घाइते


गुलरिया, बर्दिया, १५ भदौ : बर्दियाको बाँसगढीमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरदेखि काठमाडौँ जाँदै गरेको ना५ख ८१२० नंको यात्रु बसले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने माछागढको गौतम चोकमा ठक्कर दिँदा पैदल यात्री बाँसगढी– ९ थमनीका ६० वर्षीया बेलमाया शाहीको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाँसगढीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलका अनुसार बसमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये ठाकुरबाबा– १ का ४४ वर्षीया राधिका चौधरीको अवस्था गम्भीर छ । घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ८ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने