Logo

यसपटक पनि बुद्धिस्ट सर्किटको चर्चा, भारतको यस्तो रुचि



काठमाडौं, भदौ १५ : विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताएका छन् ।

भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । भारतमा बुद्धको ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भएको सन्दर्भमा बुद्धिस्ट सर्किटको अवधारणा यहाँका लागि उपयुक्त रहेको छ । बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बुद्धिस्ट सर्किटको अवधारणा यसपटक पनि सतही चर्चामा मात्र सीमित हुने त होइन ? भन्ने चिन्ता पनि ब्यक्त गरिएको छ ।

बुद्धिस्ट सर्किटको चर्चा
वितेको केही बर्षदेखि ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ का प्रस्तावले अन्तर्राष्ट्रिय महत्वको सम्मेलनताका सधैं चर्चा हुने गरेको पाइएको छ । बुद्धिस्ट सांस्कृतिक सर्किटको प्रस्तावले चार वर्षअघि राजधानीमा भएको सार्क सम्मेलनमा पनि चर्चा पाएको थियो ।

म्यानमारमा भएको तेस्रो बिमस्टेक सम्मेलनमा तत्कालीन स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाले लुम्बिनी, बोधगया, कुशिनगर र चीनको तीर्थस्थललाई समेटेर बुद्धिस्ट सर्किट बनाउनु पर्नेमा जोड दिएका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लुम्बिनीलाई केन्द्रबिन्दु गरेर चीन र भारतका तीर्थस्थल समेट्ने गरी बुद्धिस्ट सर्किट बनाएर पर्यटन विकासको ठूलो सम्भावना रहेको भन्दै त्यसको लविङ समेत गरेका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा ग्रेटर लुम्बिनी कमिटी नै गठन भएको थियो ।

भारतको रुचि
२०७१ साउन १८को पहिलो नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी दर्शन गर्ने इच्छा अधुरो रहेको भन्दै भारतको बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनीलाई मिलाएर बुद्धिस्ट सांस्कृतिक सर्किटको अवधारणा अघि सारेका थिए ।

सोही वर्ष मंसिर १० मा प्रधानमन्त्री मोदी नेपाल आउँदा लुम्बिनी भ्रमण गर्नुभई बुद्धिस्ट सर्किट बनाउने अवधारणालाई थप उर्जा प्रदान गरेका थिए । विशेषतः भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब सात सय किलोमिटर क्षेत्र समेटेर बुद्धिस्ट सर्किट बनाउने कामलाई तीव्रता दिइरहेको छ ।
-नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार