२०८०, १७ आश्विन बुधबार

प्राइम सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी मुद्दा दर्ता

प्राइम सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी मुद्दा दर्ता


विराटनगर, १४ भदौ : जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त सहकारीका प्रमुख ईन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीसहित नौ जनाविरुद्ध सर्वसाधारणले बचत गरेको करोडौँ रकम हिनामिना गरेको आरोपमा ठगी मुद्दा दर्ता गरिएको हो ।

पक्राउ परेका तीन जनासहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । प्रहरीले सर्वसाधारणको बचत ठगी आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य छ जना फरार रहेका छन् । उक्त सहकारीमा एक जना बचतकर्ताले रु २५ लाखसम्म रकम बचतमा जम्मा गरेका थिए ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : ३३ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू