२०८०, ५ आश्विन शुक्रबार

आजदेखि बिमस्टेककाे चौथो सम्मेलन

आजदेखि बिमस्टेककाे चौथो सम्मेलन


काठमाडौं, भदौ १४: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ ।बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ७ : १८ बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ