२०८१, १२ श्रावण शनिबार

खुलामञ्च चार दिन बन्द

खुलामञ्च चार दिन बन्द


काठमाडौँ, १२ भदौ: पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथीको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि सम्पूर्ण निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागेको जनाएको छ ।

महाशाखाका अनुसार यही भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ । “एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भन्नुभयो । काठमाडौँ उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । धेरै सवारीसाधन ओहोरदोहोर गर्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा अप्ठ्यारो पर्ने भएकाले महाशाखाले उक्त प्रणाली लागू गर्न लागेको हो ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  १० : २६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्