२०८१, ७ कार्तिक बुधबार

निर्मलाको घरमा भिआइपीको भिड !

निर्मलाको घरमा भिआइपीको भिड !


काठमाडौं, भदौ ११: बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा भिआइपीहरूको घुइँचो लाग्यो ।प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य तथा कैलालीका सांसद लेखराज भट्ट, कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट र नरबहादुर धामी, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह निर्मलाको घर पुगे ।

निर्मलाका माता–पितासँग उनीहरूको सामूहिक भनाइ थियो, ‘हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ ।निर्मलाले न्याय पाउनुपर्छ र अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा आउनेछन् ।’

सत्तारुढ नेताहरू फर्किएलगत्तै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारलाई भेटे ।लगत्तै नयाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, एसपी कुवेर कडायत, डिएसपी कृष्णराज ओझा, सशस्त्रका एसपी, सेनाका कर्णेलसमेत निर्मलाको घरमा पुगी परिवारजनसँग छलफल गरे ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : ५८ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि