२०८०, ८ आश्विन सोमबार

तेक्वान्दोमा नेपाल पदकविहीन,कबड्डीमा पनि पराजित

तेक्वान्दोमा नेपाल पदकविहीन,कबड्डीमा पनि पराजित


काठमाडौँ, ७ भदौ: सियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ । नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको छ । तेक्वान्दोको अन्तिम दिन आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले पराजित भए। अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को अन्तरले हारिन् । योसँगै तेक्वान्दोको खेल आजदेखि समाप्त भएको छ ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : ५६ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।