२०८१, १२ श्रावण शनिबार

प्रेस स्वतन्त्रतामाथि खतरा, ऐन संशोधनको माग

प्रेस स्वतन्त्रतामाथि खतरा, ऐन संशोधनको माग


काठमाडौँ, ५ भदौ: मुलुकी ऐन नयाँ संस्करणले मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै संशोधनको माग गरिएको छ । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आज आयोजना गरेको ‘मुलुकी ऐन नयाँ संस्करण, मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ विषयक अन्तरक्रियाका वक्ताले ऐन संशोधन गर्न माग गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ऐन संशोधनको माग गर्दै भन्नुभयो, “सर्वोच्च अदालतबाट रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बोकेको मेरो गाडीलाई अदालत परिसरभित्र नै प्रहरीले शिल ग¥यो र प्रकाण्डलाई प्रहरीमा बुझाउन बाध्य तुल्याइयो ।” नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा स्वतन्त्रता नै सबैभन्दा ठूलो भएको भन्दै ऐनको तुरुन्तै संशोधन हुनुपर्ने बताउनुभयो । पत्रकार नरेन्द्रजङ्ग पिटरले ऐन लागू भएपछि पत्रकारले बोल्दा मुख थुन्नुपर्ने तथा लेख्दा कलम भाँच्नुपर्ने अवस्था आएको बताउनुभयो । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले जनताको आवाज बन्द गर्ने नियतले यो ऐन ल्याएको बताउँदै संशोधनको माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घक उपाध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनको संहिताको २९३ देखि ३०८ सम्मको दफा सच्याउनुपर्ने माग गर्नुभयो । उहाँले नेपाली नागरिक तथा पत्रकारको अधिकार कटौती गरेकाले सबै मिलेर कडा आन्दोलन गरेनौँ भने नेपालमा पत्रकारिता नरहने बताउनुभयो । पत्रकार महासङ्घका सचिव प्रभात चलाउनेले यही भदौ १ देखि लागू भएको मुलुकी ऐनले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताउँदै ८० प्रतिशत जङ्गबहादुरकालको दफा रहेको यो कानून प्रेसप्रति कठोर भएको र खोजी पत्रकारितामा गर्न समस्या हुने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : ३१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्